बिहिबार, भदौ २६, २०८२

नारिकाेटमा लाल बहादुर पुरीकाे श्रद्धाञ्जली सभा सम्पन्न

प्युठान गौमुखी
किसान आन्दाेलनकाे उर्वरभूमि प्यूठानको नारिकाेटमा पुराना पुस्ताका समाजसेवी तथा नेकपा(मसाल)का नेता क०लाल बहादुर पुरीकाे ७२ बर्षकाे उमेरमा भएको आकस्मिक निधनकाे १३ आैं दिन शाेकसभा सम्पन्न भएको छ।राजमाे गाैमुखी पालिका समितिकाे आयाेजनामा सम्पन्न शाेकसभाकाे अध्यक्षता राजमाे पालिका अध्यक्ष जनक केसीले  र  संचालन उपाध्यक्ष वीर बहादुर केसीले गर्नु भएको थियो ।
क० पुरीकाे सम्झनामा एक मिनेट माैनधारण पछि वहाँकाे समाजिक पृष्ठभूमि  बारे वहाँका भाई तथा पूर्व वडाध्यक्ष श्यालाल पुरीले परिवारकाे तर्फबाट भनाइ राख्नु भएको थियोे ।२०३६ सालबाट पार्टीमा आबद्द रहनु भएको क० पुरी जिवनभर पार्टीमा क्रियाशील रहनु भएको थियोे । २०५४ काे स्थानीय निर्वाचनमा राजमाे बाट साविक नारिकाेट गाविस वडा नं ९ काे वडाध्यक्ष निर्वाचित का० पुरी विभिन्न सामाजिक कार्यकाे समेत नेतृत्व गर्दै आउनु भएको थियोे ।का० पुरीकाे मृत्युुले समाजले अति महत्वपूर्ण व्यक्तित्व गुमाउनु परेकाे भन्दै बक्ताहरूले वहाँ का अधुरा सपना पूरा गर्न परिवारका सदस्यहरू र सम्पूर्ण न्याय प्रेमी जनतालाई वहाँ ले देखाएको बाटाेमा अघि बढ्न अनुराेध गर्नुभयो । शाेक सभामा राजमाे केन्द्रीय सदस्य नारायण जिसी,प्यूठान जिल्ला अध्यक्ष ज्ञामुराम न्याैपाने,अनेमसंघ केन्द्रीय सचिव तारा जिसी,राजमाे नारिकाेटका अध्यक्ष हुकुम बहादुर थापा र वडाध्यक्ष कमल पुरीले पनि विचार राख्नु भएको थियोे । कार्यक्रममा राजमाे जिल्ला सदस्यहरू भरत केसी,कृष्ण प्रसाद जैसी र सावित्रा टाेमटा,गाैमुखी वडानं ५ का वडाध्यक्ष तथा अनेयुसंघका केन्द्रीय सदस्य बरूणध्वज मल्ल,अनेमसंघ केन्द्रीय पार्षद तारा पुरी,रक्तिम जिल्ला उपाध्यक्ष वेगम कुवर, वडा नं ५ कि महिला जनप्रतिनिधि तथा अनेमसंघ गाैमुखी कि सदस्य कल्पना कुवर लगायत विभिन्न पार्टी प्रतिनिधिहरू र पारिवारिक सदस्यहरूकाे पनि आतिथ्यता रहेको थियोे ।
का० लाल बहादुर पुरीकाे प्यूठान हस्पिटल विजुवारमा आश्विन २७ गते निधन भएको थियोे ।वहाँ दम राेगले पिडित हुनुहुन्थ्यो। आश्विन २७काे दाेपहरमा विशाल जन समुदायको उपस्थितिमा का० पुरीकाे अन्तिम संकार गरिएको थियोे। का०पुरीकाे पार्थिव शरिरमा राजमाे केन्द्रीय सदस्य नारायण जिसीले पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभएको थियोे,राजमाे प्यूठानका अध्यक्ष ज्ञामुराम न्याैपाने ले का०लाल बहादुर पुरीले पार्टी र समाजकाे लागि गरेका याेगदानहरूकाे चर्चा गर्नुभएको थियोे । राजमाे वडाध्यक्ष हुकुम बहादुर थापाले संचालन गर्नुभएको उक्त दाहसंस्कार कार्यक्रममा राजमाे सम्बद्घ सयौं नेता कार्यकर्ता र अन्य  समुदायका विशिष्ट व्यक्तत्वहरू र पार्टी नेता कार्यकर्ताहरूकाे बाक्लो उपस्थिति थियोे ।स्मृति शेष का० लाल बहादुर पुरीकाे परिवारमा धर्मपत्नी चुमा कुमारी पुरी,  ४ छाेरा- बुहारी,२ छाेरी- ज्वाईं ,नातिनातिना सहितको परिवार रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?