
सुदुर इतिहासको विभिन्न कालखण्डमा हेर्दा पनि सत्ता र शक्ति स्वार्थको लागी ठूल्ठूला युद्धहरू भएको पाइनछ।ठूलाठूलाऋषीमुनीहरूपनि विभिन्न स्वार्थ पूरा गर्नको लागि पक्ष विपक्षमा साथ दिएर युद्ध भड्काउन मलजल गर्ने गर्दथे।स्वयं द्रोणाचार्य कौरव र पाण्डवका गुरू थिए तर ऊनले युद्ध रोक्न सकेनन।त्यस्तै कौरव पाण्डवहरू व्यास ऋषीका आफन्त अर्थात आर्को नाल तर्फका नातीहरू थिए। ऊनले पनि त्यो विध्वंसकारी युद्ध रोक्न सकेनन।ऊनीहरू शान्तिका गीत त गाऊॅथे तर व्यवहार त्यो अनुरूप गर्दैनथे।महाभारत युद्धमा आफ्नै दाजुभाई,गुरूनातागोता विरूद्ध युद्ध गर्न नमाने पछि श्रीकृष्णले यसो भने।
स्वधर्ममपि चावेक्ष्यन,विकम्पितुमर्हसि।
धर्म्याद्धि युद्धाच्छ्रेयो अन्यत्,क्षत्रियस्यन विद्यते॥
“क्षत्रीयको युद्ध लड्नु कर्तव्य हो ,धर्म पनि हो भन्ने कुरा तिमीले बुझ्नु पर्छ,संकोच मान्नु हॅुदैन”।यसरी कृष्णले अर्जुनलाई युद्धमा होमेका थिए।समग्रमा त्रेता युगको इतिहास सत्ता र शक्तिकोलागीछलकपट,छक्कापन्जा,मोजमस्ती,भोग विलास,हत्या हिंसा अपहरण,वेश्यबृत्ति जस्ता कृयाहरूले इतिहॅासको पानाहरू रंगिएको पुष्टी हुन्छ।
महाभारतमा हस्तिनापुरका राजा सान्तनु थिए र ऊनकी प्रथम पत्नि सत्यवती थिईन।सत्यवतीको विवाह हुनु पूर्व परासर ऋषीवाट व्यास जन्मे।विवाह पश्चात सत्यवतीवाट चित्रांगद र विचित्रविर्य र दोस्री पत्नी गंगा वाट भिष्म जन्मिएका थिए।भीष्ले भिष्म प्रतिज्ञा गरी राजा नवन्ने घोषणा गरे पछि चित्रांगद राजा वने।ऊनी छिटै लडाईमा मरे पछि विचित्रविर्य राजा भएका थिए।ईनका अम्वीका,अम्वालीका नामका पत्नीहरू थिए!अम्वीका बाट धृतराष्ट्र जन्मे भने अम्वालीका वाट पाण्डु र दासीवाट विदुरको जन्म भयो।धृतराष्ट्र जन्मै अन्धा थिए।ऊनको विवाह गान्धारी संग भयो।गान्धारीका दुर्योधन,दुशासन लगाएत उनन्सय भाई र दासीवाट युयुत्सु गरी सय भाई छोरा थिए भने दुहशाला ऊनकी एक मात्र छोरी थिईन।सकुनी गान्धारीका भाई थिए।पहिलो विवाह भैसकेकि गान्धारीको छक्काएर विवाह गराएको निहुमा दुर्योधनले गान्धारीका सवै माईति परीवारलाई जेल हालेका थिए।सकुनीले त्यसको वदलाको स्वरूप महाभारत युदधमा देखाईदिए।ऊता पाण्डुको कुन्ती र माद्री संग बिबाह भयो।पाण्डुका पॅाच भाई छोरा युधिष्ठिर,भीम,अर्जुन,र नहकुल सहदेव थिए।पाण्डुलाई सन्तान नभए पछि सत्यवती र पाण्डु कै सल्लाहमा कुन्तीले सूर्यदेव बाट युधिष्ठीर वायुदेववाट भिम,ईन्द्रवाट अर्जुन जन्माईन।माद्रीले दुई आश्विनहरू मार्फत जुम्ल्याहा छोरा नहकुल र सहदेवको जन्माईन।यी पॅाच भाईकी एक मात्र पत्नि थिईन द्रौपदी।अभिमन्यु पाण्डवहरूका छोरा थिए।त्यस्तै मथुरा राज्यका राजा ऊग्रशेन थिए।ऊनको छोराको नाम कंश र छोरी नाम देवकी थियो।देवकीको विवाह वासुदेव संग भयो।एक दिन कंशलाई आकासवॅाणी भएछ कि देवकीको आठौ पुत्रको हात बाट ऊनको मृत्यू हुने छ।कंशले आफ्नै वैनीदेवकीको सवै परीवारलाई जेल हाली दिए।श्रीकृष्णको जन्म कारागारमै भएको थियो।वासुदेवले आफ्नो पुत्र कृष्णलाई गोकुल निवासी यशोदाको पासमा छोडेर मथुरा गए।कंशले वासुदेवका पुरै सन्तान मार्ने षडयन्त्र गरीरहेको थियो।पछि कृष्णकै हातवाट कंशको मरण भयो।कृष्णका पिता वासुदेवले आफ्नी वैनी कुन्तीको विवाह पाण्डुसंग गरिदिएका थिए।कृषण र दुर्योधन सम्धी सम्धी थिए।कृष्णकी वैनी शुभद्रा अर्जुन पत्नी थिईन।एऊटै वंशका कौरव पाण्डवहरू वीच राज्य वाॅडफॅाडको विषयमा झैझगडा ,वाद विवाद भैरहन्थ्यो।दुर्योधनले सकुनीको परीवारलाई कारागारमा राखेकोले सकुनीले ऊनीहरू वीच युद्ध भड्काएर बदला लिन चाहन्थे।ऊ पासा खेल्न निकै सिपालु थियो।सकुनीले कौरव र पाण्डवको वीचमा जुवा खेलाउने योजना वनायो।जुवा खेल्न वसे। पाण्डवहरू जुवा हार्दै जॅादा द्रौपदीलाई पनि थापे।द्रौपदीलाई नांगेझार पारीयो।महाभारत युद्धको यो मुख्य कारक वन्यो।कृष्णले पाण्डवहरूको पक्ष लिए।घमासान युद्ध हॅुदा युद्धमा सवै कोरवहरूको वंश नास भयो।गान्धारीले आफ्नो बंश नाश गर्ने प्रमुख पात्र दोषी कृष्णलाई नै किटान गरिन र यदु वंशको नास होस भनी श्राप दिईन।पछि कृष्णको एक शिकारीको वाणको चोटवाट मृत्यु भयो।यस युद्धमा दुवै तर्फका झण्डै ४०००० सैनिकको मृत्यु भयो।ती मध्य दुवै तर्फका गरी जम्मा ११ जना मात्र वचेका थिए।यो मूर्खता पूर्ण र आत्मघाती युद्धमा सर्वनास भयो।भारतवर्षकै वैदिक सभ्यता पनि नष्ट भयो।
रामायण काल पनि सत्ता स्वार्थको लागी कैयौ अवांछित घटनाहरूले भरिपूर्ण रहेको छ।
– [ ] आदौ राम तपोवनादि गमनं,हत्वामृगंकांचनम्।
– [ ] वैदेही हरणं जटायुमरणं,सुग्रीवसम्भाषणम्॥
– [ ] वाली निग्रहणमं समुद्रतरणं,लंकापुरीदाहनम्।
– [ ] पश्चाद्रावण कुम्भकर्णहननमं,एतद्धि रामायणम्॥
अयोध्याका राजा दशरथकी कान्छी रानी कैकेयीले आफुवाट जन्मेको पुत्रलाई राजा वनाऊने सर्तमा विवाह गर्न राजी गराएकी थिईन।सोही मुताविक रामलाई वनवास पठाईन्छ।जंगलमा सुनौलो मृग देखेर रामले पिछा गर्दै जान्छन र मारिदिन्छन।ठीक त्यतिवेला लंकाको राजा रावणले सीताजी को हरण गर्दछन।राम लक्ष्मणले तुरून्तै सीताको खोजि गर्छन।सवै कुरा थाहा भएपछि योजना वन्छ।सुग्रीवसंग मितेरी लगाऊन पुग्छन,वाली मारिन्छन।सीताको खोजीमा हनुमानलाई लंका पठाईयो,लंका जलाईयो।”भाई फुटे, गॅवार लुटे” भने झै रामले रावणका सवै भेदहरू विभिषणवाट प्राप्त गरे।राम र रावणको घमासान युद्ध भयो।युद्धमा रावण र कुम्भकर्ण सवै मारीए।सीतालाई लंकाबाट फिर्ता ल्याईयो।विभिषणलाई लंकाको राज सिंहासनमा राखियो।जयजयकार गरीयो यस्तैछलकपट,जालझेल,अपहरण,मोजमस्ति,हिंसा प्रति हिंसा,सत्ता स्वार्थ,वनवास,सर्वनासलाई नै रामराज्य भनियो।
– [ ] नेपालको इतिहास पनि सत्ता र शक्ति प्राप्तिको लागि किरॅात कालमा होस वा लिच्छवि काल होस अथवा मल्ल काल होस, कुर्चीको लागी लुछा चुडी,सत्ता ऊन्माद,छलकपट,धोकाधडीको ईतिहास हो! शाही कालमा विशेष गरी पृथ्वीनारायण शाहको मृत्यु पछि सत्ता र शक्तिको लागी निकै ठूलाठूला दाउपेच,हत्या हिंसाका घटनाहरू भए।कोत पर्ब,भण्डारखाल पर्व ,नारायणहिटी दरवार हत्याकाण्ड जस्ता वर्वर दानविय घटनाहरू इतिहासको पानामा कलंकित भएर रहेका छन।पृथ्वीनारायण शाहको अकल्पनिय देहान्त पश्चात वि.सं.१८३१ माघ १ गते परम्परा अनुसार ऊनका जेठा छोरा प्रतापसींह शाह राज सिंहासनमा वसे।स्वही वेलामा राजकुमार बहादुर शाह र यीनका काकाहरू चौविसे राजाहरूसंग मिलेर नेपाल सरकारको विरूद्धमा गडबडी गर्दैछन भन्ने अफवाह फैलाईयो।भर्खरै राजा बनेका प्रतापसींह शाहले आफ्ना वुवाको १३दिनको काजकृया आसौजमा रहेको बेला नभनी सैनिकहरू पठाई कान्छा राजकुमार वहादुर शाह र चौतारा दलमर्दन शाहलाई नजरवन्दमा हालिदिए।।
दलजित शाह वेपत्ता भए।वहादुर शाहले बाबुको काजकृया नजरबन्द अवस्था मै गरेका थिए।दुई भाई र भाई भारदारको वीचमा लामो समयसम्म राजकाजको विषयमा खटपट भैरहन्थ्यो।वहादुर शाहले आफ्ना वुवाको राज्य विस्ताको अभियानलाई निरन्तरता दिन चाहान्थे तर महारानी राज्यलक्ष्मी र राजा प्रताप सींह भने त्यो काम तत्काल गर्न चॅाहादैनथे।यस्तै यस्तै अवस्थामा २६ वर्शको कलिलो उमेरमै राजा प्रताप सींह शाहको अाकस्मिक रूपमा देहान्त भयो।अढाई वर्षका वालक युवराज रण बहादुर शाहलाई नेपाल अधिराज्यको राजसिंहासनमा राखियो।राजाको काजकृयामा तराईतिर नजरवन्दमा रहेका बहादुर शाहलाई दाजुको काजकृयामा सामेल हुन बाट रोक्न खोजियो।तर गुरू पुरोहितहरूको आग्रहमा ऊनलाई नजरवन्द मुक्त गरीए पछि ऊनैको हात वाट दाजुको बिधी विधान अनुरूप काज कृया सम्पन्न भयो।पछि महारानीको दबावमा धर्मपत्रमा हस्ताक्षर गराऊन लगाए पछि मात्र ऊनलाई छोडियो।अरू योग्य मान्छे हॅुदाहुदै राजेन्द्रलक्ष्मीले सर्वजित रानालाई ,मूल-काजी”को पदमा नियुक्त गरिन।यस्तै अनेक राज्य सॅचालनका विषयमा विवादले गर्दा देवर भाऊजुको वीचमा शक्ति संघर्ष भैरहेको थियो।यसै शिलशीलामा प्रियपात्र भएर रहेका काजी सर्वजित रानाको सहयोगमा राजकुमार वहादुर शाहलाई पुन कैद गरीयो।छिटै थुनामुक्त भए पछि पनि मतभेद चर्किदै गयो।
संयोगवस महारानी र काजी सर्वजित रानाको वीचमा चलेका प्रेम प्रसंगहरू बाहिर ल्याईए।नयॅा पुराना भाई भारदारहरू ऊचित मौका पर्खिरहेका थिए।यही मौका छोपेर राज भवन भित्र कै चार जना केटा कमाराहरूलाई पोलाहाहरूका रूपमा खडा गराई भूपू.चौतारा दलजित शाहको हात वाट काजी सर्वजित राना दरवार भित्रै एक कोठामा काटीए।यस अपराधमा दोषी देखाई वि.सं.१८३५-५-१९ गते महारानी राजेन्द्र लक्ष्मीलाई पनि चॅादीको नेल लगाई कठोर नजरवन्दमा राखिईन।राजकुमार बहादुर शाह पुन राज सत्तामा फर्किए।वहादुर शाह राज्य एकिकरणमा लागेको मौका छोपी पूर्व चौतारा लगाएत भारदारहरू लगाएर महारानीको पक्षमा गतिविधी वढाए। महारानी नजरवन्द बाट मुक्त भईन।चार जना केटा कमाराहरू काटिए।दुर्वाच्य वोलेको आरोपमा काजी श्रीहर्ष पन्तको मुख डामियो भने दलजित शाह देश निकाला भए।बहादुर शाह पुन प्रवास तिर पलायन भए।समयक्रममा महारानीले राजा छोरा रण वहादुर शाहको व्रतवन्ध गराउने निर्णय गरिन।कार्यक्रममा देश तथा विदेशवाट समेत ऊक्त कार्यक्रममा पाहुनाहरू बोलाएको थियो।ब्रतवन्ध पछि निम्तोमान्न आएका वहादुर शाह पक्षधर भूपू.काजी बंशराज पाण्डेलाई अकल्पित आरोप लगाई दरवार भित्रकै भण्डारखाल-बघैचामा निर्ममता पूर्वक काटिए।यो घटना भण्डारखाल पर्वको रूपमा चर्चित छ।लगत्तै पछि वहादुर शाह पनि पक्रिए र फर्पिंमा नजरवन्द गरिए।तर परिस्थितिले कोल्टे फेर्यो।दरवारमा फेरी अनपेक्षित घटना घट्यो।महारानी राजेन्द्र लक्ष्मीको टी.बी.रोगवाट मृत्यु भयो।यस जटिल अवस्थामा गुरू पुरोहित,राज परीवार लगाएत ऊच्च भारदारहरूको रातारात भएको भारदारी सभाले सवैभन्दा नजिकको वन्धूको हैसियतले महारानीको सपिण्डी श्राद्ध राजकुमार वहादुर शाहको हातवाट गराउने निर्णय गर्दै १२औ दिनको पुण्य तिथी ऊम्काउन २दिनको लागी वन्धनमुक्त गरीयो।काज कृया पश्चात गुरू पुरोहित भाई भारदारहरूको सल्लाह सहमति अनुसार राजकुमार बहादुर शाहले राजाको प्रमूख मुक्तियार तथा राजप्रतिनिधीको पदभार ग्रहण गरि देशको बागडोर आफ्ना हातमा लिए र राज्य विस्तारमा दृढतापूर्वक लागे।राज्य विस्तारको क्रममा वहादुर शाहले पश्चिमी वाइसे चौविसे राज्यहरु कव्जा गर्दै गए।लडाईमा जीत हात पार्दै कुमाउ गढवाल सम्म राज्य विस्तार गर्न सफल भए।यस्ता वीर र वहादुर राजकुमार मुक्तियार बहादुर शाह र राजाको वीचमा सत्ताको खटपट चलिरहेयो।यसरी सत्ता र शक्तिको खेल चलिरहेकै वेला विसं १८५४ मा षडयन्त्र पूर्वक वहादुरशाहको रातको समयमा हत्या गरी काल गतिले मरेको भन्ने गराई रातारात पशुपति आर्यघाटमा लगेर जलाईयो।यसरी वीर राष्ट्रभक्त वहादुर शाहको दुखद अन्त्य भयो।——-सत्ताको खेल अगाडि बढ्दै जॅादा जंग वहादुर राणाले कोत पर्व घटाएर राजा लाई पिंजडाको सुगा बनाई अॅाफु नेपाल अधिराज्यको प्रमूख भै देशको बागडोर आफ्ना हातमा लिए।राणा कालको १०४ वर्ष पनि सत्ता र शक्तिको लागीआफ्नैदाजु भाई भारदारहरू वीच काटाकाट,मारामार,हत्या हींसा छलकपट आदि मात्रै गरेनन देशको ढुकुडी लुटेर खोक्रो बनाएर गए।२०१७ साल पछिशाहीकालमा राष्ट्घातका काम कमै भए तर देश लुट्ने काममा कमि आएन।२०४७ पछिका वहुदलीय सत्ताधारीहरू आफु सत्तामा टिकिराख्नको लागी भद्दा अनि नांगो प्रकार्ले सत्ताको खेल खेलिरहे।कुर्ची जोगाऊने खेलमा विदेशी साम्रज्यवादी शक्तिको दलाली चाकरी गर्ने,देशका अपार प्रकृतिक स्रोतहरू विदेशीलाई सुम्पने,राष्ट्रघाती जनघाती सन्धी संझौता गरेर देशलाई हरिकंगाल वनाऊने,देश लुट्ने काममा सत्ता पक्ष प्रतिपक्ष एकै मुख हुने तर देश विकासको सवालमा गॅाड कोराकोर,सदन वहिष्कार,कुर्ची हानाहान।अनर्थ नाटक मंचन गरेर लोभी पापीहरू मुर्दाघाटमा प्रतिष्पर्धा गरिरहेछन।लास माथि राजनीति गरिरहेछन।
– आज मातृभूमिको रक्षा गर्न,ऊनका क्षतविक्षत अंगप्रत्यंगहरूको ऊपचार गर्न,भ्रष्टाचारी प्रतिकृयावादी तत्वहरूलाई देशबाट लखेट्न आऊनुहोस सच्चा देशभक्त क्रान्तिकारी कम्युनिषटहरू एकिकृत होऊॅ र दलाल पॅुजिवादी साम्राज्यवादी तत्व र तिनका भरौटेहरूलाई ध्वस्त पारौं र यस्को विकल्पमा देश र जनताको मुक्तिको लागी नयॅा जनवादी समाजवादी सत्ता स्थापना गर्न सही रूपमा सत्ताको खेल खेलौं॥
– [ ] ढुण्डिराज शर्मा पौडेल -वुटवल