शुक्रबार, मंसिर २१, २०८१

यो सरकार कति टिक्ला ?

लिल बहादुर केसी

अहिले प्रचण्ड कमजोर छन् । प्रचण्ड कमजोर हुनु नै नेपाल नीतिमा भारत कमजोर हुनु हो। यो अवस्थामा ओलीलाई भारतले समर्थन नगरेको कुरा यथार्थ हो। उनलाई समर्थन नगरेको अवस्थामा कसैले ओलीको राष्ट्रवादको कारण हो भनी भजाउने गर्छन्। यो कुरामा धेरै मानिस दिग्भ्रमित छन्। सरासरी हेर्दा वा सतही हिसावले हेर्दा हो कि जस्तो पनि लाग्छ तर त्यो सत्य होइन। ओलीले भारतलाई रिझाउन गरेको महाकाली जस्तो राष्ट्रघाती सन्धीमा संझौता गर्न कमजोर सोंच भएका सांसदहरुलाई प्रति वर्ष २ खरब २० अरव भारतले नेपाललाई दिने भनी भ्रम दिएका थिए। नेपालको गुमेको भूभाग भनिएको क्षेत्र नेपाली नक्सामा राखेकोले पनि यो भ्रम जनतामा छ। फेरी भारतले नाकावन्दी गर्दा ओली नेतृत्वले लिएको अडानले पनि सामान्य जनतालाई दिग्भ्रमित पारेको छ। तर हाम्रो सामु निकै गम्भिर
प्रश्नहरु खडा छन्।

अमेरिकी सिनेटले स्वतन्त्र तिव्वत बारेको कठोर नीति जुन १२ तारिखमा पास गरेको छ। उक्त प्रस्तावलाई अमेरिकी राष्ट्रपति ज़ोन वाइडेनले झ्याप्प हस्ताक्षर गरेनन्। तर जव अमेरिकाको नेपाल नीतिले रमेश लेखक गृह मन्त्री र आरजु देउवा परराष्ट्र मन्त्री भएको ओली नेतृत्वको सरकार बन्ने सुनिश्चित भयो र बन्यो ठिक त्यसको २ घण्टा पछी बाइडेनले सिनेटबाट पास गरेको स्वतन्त्र तिव्वत नीतिमा हस्ताक्षर गरेको कुरा स्वतन्त्र मिडीयाहरुले उल्लेख गर्छन्। यस्को अर्थ यो वुझिन्छ कि यो सरकारलाई अमेरिकाले पपेट सरकार बनाउन उद्धत छ।

यो सरकार बन्नु अंघी अमेरिकाले रवि लामिछानेलाई गृह मन्त्री बनाई आफ्नो स्वार्थ पुरा गर्न खोजेको थियो। तर परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ट भएको र भारत समर्थित प्रधानमंत्री प्रचण्ड भएकोले उसको स्वार्थ पुरा हुन सकेन। त्यो वेला अहिलेको वातावरण मिलाउन अमेरिका समर्थित गृह मन्त्री लामुछानेलाई आरजुको भुटानी शरणार्थी सम्वन्धी फाइल खोल्ने धम्की दिन लगायो। उक्त फ़ाइल खोली कार्यान्वयन भएको भए आज आरजु नजरवन्दमा हुन्थिन ।उनको शिर माथी नांगो तरवार झुण्डाएर आज अमेरिकाले उनलाई जुन पुरस्कृत गरेको छ त्यो उनको क्षणिक वचाव मात्र हो तर उनले आफू उक्त फाइलबाट बच्न अमेरिकाको जुनसुकै सर्त मान्न पनि तयार हुनेछन्। त्यो वेला एमसिसिको जगमा टेकेर नेपाललाई रणभूमि बनाई चीनलाई अमेरिकाले आक्रमण गर्ने दुस्साहस गर्नेछ।

यसै प्रसंगमा अहिले चीनीया कम्यूनिस्ट पार्टीको इतिहासकै दोश्रो ठूलो प्लेनम भएको छ। चीनीया कम्यूनिस्ट पार्टीले आफ्नो देशको निकट भविष्यको संकट देखिरहेका छन् र आशा राखौं चीनीयाहरुले यो षडयन्त्र संग जुध्न सफलता पाउने छन्।
अवको केहि समय पछी दलाई लामा समर्थकहरुले यो परिवेशमा अमेरिकी सरकारको आडमा नेपालमा स्वतन्त्र तिव्वतको नारा लगाउनेछन्। त्यो वेला नेपालको स्थिति के होला ? के नेपालले प्रतिवद्धता गरेको एक चीन नीति टिकाइ राख्न सक्ला?

नेपालमा अमेरिकी हस्तक्षेप जवरजस्त भएमा भारतलाई पनि चैन हुने छैन । त्यो वेला यो वा त्यो निहुंमा भारतले ओली सरकारलाई अपदस्त गर्न प्रयत्न गर्नेछ र फेरी प्रचण्ड र देउवालाई पुन मिलाउन सक्ने सम्भावना छ। यस्तो परिवेशमा नेपालको सरकार सधै अस्थिर रहिरहनेछ । यो नै नेपाली जनताको दुर्भाग्य हो। देश र जनताको दुर्भाग्य हो।

त्यती वेला अमेरिकाले आफ्नो अनुकूल काम नगरेको वुझाई भएमा आरजु र लेखकको कारणले देउवालाई प्रधानमंत्री बन्न दिनेछैन । यस्को अर्थ प्रचण्ड फेरी प्रधानमंत्री बन्ने र देउवा ठूलो दलको संसदीय नेता मात्र बन्नेछन् वा सरकार निर्माता मात्र बन्नेछन्।
एवं रीतले नेपाल गुज्रने छ र नेपाली जनताले यथार्थ कुरा नवुझ्दासम्म देश यसरी नै चल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?