आइतवार, फाल्गुन ३, २०८२

वर्षा लाग्नसाथ किन अकालमा मोरिरहेकाछन मान्छेहरु?!

शंकर प्रसाद पोख्रेल

सन्दर्भ आफैबाट सुरु गर्न उचित लाग्यो म बुटवल देखि पाल्पा हुँदै गुल्मी जानुथियो पानी सानो परिरहेको थियो।
सिद्धबाबा नजिकै जादा एक्कासि माथिबाट ढुङ्गा आयो थोरैले ज्यान बाच्यो। त्यो पानीमापनी सिद्धबाबाको बाटोमा ट्राफिक प्रहरी अर्थात प्रसासनले आवातजावत बन्द गरेको थिएन। जस्का कारण ब्यस्त जिन्दगीका मान्छेहरु आफ्नो आगाडि आहिरहेको काललाइ समेत प्रबाह न गरि आफ्नै काममा हिडिरहेका हुन्छन र प्राकृति प्रकोपको कारण ज्यान फाल्छन।

हिजोमात्र मुग्लिन नारायणगढ सडकमा पहिरोले दुइटा बस त्रिसुलि खोलामा पुरायो ,ती दुबै बसमा करिब ६५ यात्रु भएको रिपोर्ट बाहिरीएको छ। प्रसासनले खोज्दापनी अहिलेसम्मपनि ती बेपत्ता मान्छेहरु र बसको अत्तोपत्तो लागेको छैन बेपत्ता मान्छेहरूका आफ्नतको मन कस्तो भैरहेको होला त्यो त प्रनिलाइ मात्र थाहा हुन्छ।
त्यतिमात्र होइन देशका विभिन्न स्थानहरूमा बाढीपहिरोले घर पुर्दा अहिलेसम्म १०८ जना भन्दा बढी मानिसहरुको मृत्यु भएको सरकारले जनाएको छ,भनिन्छ बिपत्ति बाजा बजाएर आउदैन तर सचेत भने न सरकार छ न नागरिक छन।

प्रत्येक बर्ष बाढिपहिरोले सयौको ज्यान जाने गरेको छ भने लाखौं करोडौंको भौतिक र आर्थिक क्षेती हुनेगरेको छ।
बिपत ब्यबस्थापनको लागि सरकारले केही झारा टार्ने काम बाहेक अरु कुनै उपाए खोजेको छैन।

वर्षा याममा जोगिने उपाए के हो त?

सरकारले भारी वर्षा हुने ठाउलाइ रेडजोनमा राखी लामो दुरिका यातायातहरुलाइ सकभर रातिमा चल्न रोक लगाउनुपर्छ , देशका धेरै भागहरुमा आम नागरिकहरु खोलानाला हिड्ने ठाउमा र किनारमा बस्ती बनाएर बसेका छन ती ठाउहरुलाइ यात सुरिक्षित तटबन्ध गर्नुपर्छ या बस्ती अन्यत्र सारिनुपर्छ, आम नागरिकहरुपनी आफै सचेत हुन जरुरी छ। बर्साको बेला अति आवस्यक काम बाहेक लामो दुरिको यात्रा न गर्ने ।बिना काम न डुल्नुनै उचित हुनेछ।
आफू बस्ने घर बनाउदा खोला किनारा न बनाउने पहिरो खस्ने उच्च जोखिम भएको पहाडी इलाकामापनि बस्ती न बनाउनु उचित हुनेछ।
अहिले स्थानीय सरकारहरु अलि सकृय छन स्थानीय सरकारले यश बिसयमा विशेष ध्यान दिने।

सरकार र प्रसासनले जोखिमयुक्त क्षेत्रहरू खोलानाला भुस्खलन हुने क्षेत्रहरुबाट अन्यत्र बस्ती सारी उनिहरुलाई स्थाइ बासस्थान गराइदिनु प्रदछ।
आम मान्छेहरु ठुलानदी खोलाहरुमा ज्यानको जोखिम मोलेर माछा मार्न जाने दाउराहरु तान्न जाने जस्ता कामहरु गर्नु हुदैन।गाउघरमा हामी धेरै किसान हुनेगर्दा ठूलो पानी परेको बेला भिर र बनहरुमा न जानू नै उत्तम हुन्छ।तराई क्षेत्रमा विशेष गरेर नदिकिनारामा घर बनाउनेको हुल नै छ।ती प्राय घरहरू सुकुम्बासी  बस्तिमा पर्छन  सरकारले सुकुम्बासीहरुको पहिचान गरि जोखिम युक्त घरहरुलाइ अन्यत्र सार्नुपर्छ ।यति थोरै कुरामा सरकार र नागरिकले ध्यान दिए वर्षा याममा धेरैको ज्यान बाच्न सक्छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal