शनिबार, साउन १२, २०८१

शीसाको घरमा बसेर ढुंगा हान्दा

शीसाको घरमा बसेर ढुंगा हान्दा के हुन्छ?आज गृहमंत्री रवी लामिछाने त्यसैको फल चाखिरहेछन।ऊनलाई लागेको होला म ठूलो महलमा सुरक्षित छु,मैले जति ढुंगा हाने पनि हुन्छ।तर शिशाको महल जति ठूलो भए पनि कसैले कसेर ढुंगाहरू हान्यो भने झरामझुरूम भैहाल्छ।अहिले भएको त्यही हो।“तित्रा जति बास्यो,ऊति घाटा”शिकारीले देख्छ,गोली ठोकेर मारिदिन्छ। हिजो नागरिकता बिवादमा पद गुम्यो,आज सहकारी ठगी प्रकरणमा पद गुम्दै छ।ऊनले जतिसुकै जालझेल गरून,जो कोहीले जति ढाकछोप गरून ऊनलाई जोगाऊन ईन्द्रका बाऊ चन्द्रेले पनि जोगाउन सक्ने छैनन।
रवी लामिछानेका विबादित निर्णयहरू—
१-अमेरिकी नागरिकता नेपाली राहदानी-:रविले अमेरिका छोडेर नेपाल आऊॅदा अमेरिकी नागरिकको रूपमा आएका थिए र गैर कानुनी रूपमा टेलिभीजन संचालन गरेका थिए।
२–पार्टीको नाम—त्यो वेला स्वतन्त्र ऊम्मेदवारहरूको लोकपृयता देखेर ऊनले आफ्नो पार्टीको नाम पनि स्वतन्त्र पार्टी राखे र बिवादमा आए।

३–नागरिकता बिबाद प्रकरण—रवि लामिछानेलाई नागरिकता बिवाद प्रकरणमा दोषी ठहर गरी सर्वोच्च अदालतबाट सांसद पद खारेज भए पछि ऊनी पदमुक्त भएका थिए।ऊनी जम्मा ३३ दिन गृहमंत्री भएका थिए।
४–राष्ट्रिय परिचयपत्र ठेक्का प्रकरण—रविले गृहमंत्री हॅुदा राष्ट्रिय परिचयपत्र’ जस्तो गम्भिर बिषयमा ख्याल नगरी विदेशी निजी कम्पनीलाई ठेक्का दिने निर्णय गरे ।पछि नारायणकाजी गृहमंत्री हॅुदा त्यो निर्णय खारेज भयो।
५–पुडासैनी आत्महत्या प्रकरण—पुडासैनीले आफ्नो सुसाईड नोटमा रवि लामिछानेले आत्महत्या दुरूत्साहन गरेको आरोप लगाएका थिए।

६–दोहोरो पासपोर्ट बिबाद—दोहोरो पासपोर्ट विबाद मुद्दा अहिले पनि सर्बोच्चमा बिचाराधिन अवस्थामा छ।
७–सहकारी ठगी प्रकरण—एक पछि आर्को बिवादमा मुछिदै आएका लामिछाने पछिल्लो पटक सहकारी ठगी प्रकरणमा नराम्रोसंग मुछिएका छन।सहकारी संचालक गितेन्द्र वाबु राई(जीबी राई)संग मिलेमतो गरी सहकारीको रकम हिनामिना गरेको गम्भीर आरोप छ।पोखरा, बीरगंज,नेपालगंज,वुटवल,चितवनका ४९ हजार वचतकर्ताको ७ अर्व ६ करोड रूपयॅा हीनामिना गरेर फरार भएका जीबी राई ग्यालेक्सी फोर के टेलिभिजनका संचालक संस्था गोरखा मिडीया प्रालीका अध्यक्ष र रवी लामिछाने प्रालीका शेयर सदस्य र प्रबन्ध निर्देशक थिए।

रवी लामिछानेका यी सबै काला कर्तुतहरूको प्रधान सम्पादक कैलास सिरोहियाले कान्तिपुर दैनिक मार्फत रवि लामिछानेले गरेका सहकारी ठगी धन्दाहरूको प्रमाण सहित शृंखलाबद्ध रूपमा समाचार सम्प्रेषण गरी पर्दाफास गरिरहेकोले अत्तालिएर त्यसको बदला स्वरूप गिरफ्तारी सम्मको हर्कत गरेका छन।”जो चोर,ऊस्को ठूलो स्वर” भने जस्तै ऊनले आफ्ना काला कर्तुतहरू ढाकछोप गर्न ठूलाठूला स्वरमा धम्कीपूर्ण भाषाहरू प्रयोग गर्दै आएका छन।

ऊता त्यही प्रकार्को नागरिकता बिबादमा रहेका सिरोहियाका बुवा र ऊनका तीन भाई बहिनीहरू सबैको नागरिकता अंगिकृत रहेको तर कैलास सिरोहियाको नागरिकता बंशज कसरी भयो?यो पनि विबाद मूक्त रहेन।तथापि देशका ठूल्ठूला राजनैतिक परिबर्तनको लागी गरिएका हरेक आन्दोलन हरूमा कान्तिपुरको महत्वपूर्ण भूमिका रहेको छ।पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको प्रतिगमनको घोर बिरोध गरेकै कारण कान्तिपुर प्रकासन बन्द गरेको थियो तर चारैतिर बाट बिरोध आए पछि कार्बाही फिर्ता लिएको थियो।स्थापना काल देखी नै कान्तिपुरले देशका हरेक जल्दाबल्दा सवालहरूमा निर्भिकरूपमा कलम चलाऊदै आएको छ।मानौ आजको दिनसम्म कान्तिपुर नेपाली राजनितीको एईटा धुरी खॅावो बनिसकेको छ।

यद्यपी कैलास सिरोहिया गाईका दुधले नुहाएका मान्छे भने होईनन्।ऊनका अनेकौं कमजोरी होलान।कान्तिपुर मिडिया चलाऊने क्रममा कैयौ संग ब्लेकमेलिन गरे भन्ने सुनिन्छ,यसो त पैसाको लागी ब्लेकमेलिंग नगर्ने संचार मिडियाहरू कुनकुन होलान?नेपालको परिबेसमा संचार मिडियाहरू कसै न कसैको दलाली गरेर मात्र जीवन बचाएका छन।यो स्पष्ट छ कि राज्यको कलो नलिने र ब्लेकमेलिंग नगर्ने मिडियाहरू धमाधम बन्द भैरहेका छन या त मधौरू जस्तै दिन गनेर बसेका छन।कान्तिपुरलाई भारतिय मिसनमा चल्ने पत्रीका भनिने गरिन्छ तर भारतिय मिसन’हिन्दूराष्ट्र नेपाल’लाई महत्व दिएर कान्तिपुरका पानाहरू रंगिएको भेटिएको छैन।कुनै पनि अधिनायकवादको पक्षपोषण गरेको पनि देखिएको छैन।यी सबै पक्षहरूलाई केलाएर हेर्दा सिरोहियाको गिरफ्तारी नागरिकता बिवाद भन्दा पनि बदलाभावले भएको स्पष्ट हुन्छ।सबभन्दा पहिले गिरफ्तारी त जस्ले हजारौ सर्बसाधारण जनताले आफ्नो खुन पसीनाबाट बचत गरेको अरवौं रकम अपचलन गर्ने सहकारीका ठगहरू लाई गर्नु पर्ने हो।यति छोटो समयमा ग्राण्डडिजाईनका साथ बदनियतपूर्ण ढंगबाट देशका मुख्य शहरहरूमा सहकारी खोलेर ठगिधन्दा चलाऊने गिरोहको नाईके रवि लामिछानेको पक्षमा केही मानिसहरूले जान वा अनजानमा वकालत गरेको पाईन्छ।यी दुई पात्रका केही समान लक्षणहरू छन।यी दुबै नागरिकता बिबादमा मुछिएका छन।यी दुबै कुनै न कुनै बिदेशीहरूबाट संचालित छन।यी दुबै बिभिन्न ठगी धंदामा संलग्न छन।फरक यति हो कि रवि लामिछानेले हॅुदा खाने वर्गको रगत पसीनामा होली खेलेका छन भने कैलास सिरोहियाले हुनेखाने वर्गमाथि अड्डा जमाएर खाएका छन।हामी हॅुदा खाने गरीव वर्गको पक्षमा आवाज ऊठाउनु पर्छ।हामी र हाम्रो पार्टी यस्मा दृढ रूपमा ऊभिएको छ।पार्टीका निर्णयहरू शुरूमा कोही कसैले नपचाएको तर बिस्तार बिस्तार पचाऊदै गएको इतिहास पनि हामीसंग छ।अन्त्यमा सीसाको महलमा बसेर ढुंगा नहान रवि,तिम्रो एक ढुंगाको बदला सयौ ढुंगा बर्षनेवाला छन!चेतना भया॥
ढुण्डिराज शर्मा
वुटवल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal