शनिबार, साउन १२, २०८१

भारतको लोकसभा चुनाव र आऊने परिणामको असर

बिन बहादुर रेग्मी प्युठानी

यहि जुन एक तारिख सातौ चरणको निर्वाचन संगै भारतको भावी सरकार कसको बन्छ जुन चार तारिख आऊने परिणामको लागि बाकस बन्द ईभिएम मा कैद हुनेछ।समग्रमा सत्तापक्षको मोदी लहर र विपक्षको राहुल गान्धी गठबन्धन बिच चुनावी प्रतिस्प्रधा देखिएको छ। चुनावी नारा जे सुकै भएपनि तिखी आरोप प्रत्यारोपले चुनावी माहौल तातिएको छ।यहाका मिडिया क्याम्प्यनले पनि चुनावी मुद्दालाई भन्दा आरोप प्रत्यारोप मा बढि फोकस गरेका छन। सत्तरी बर्षको बिगतको कांग्रेसी सरकार र तिनीहरूको चुनावी नारा देखे भोगेका जनताले राहुल गठबन्धनको चुनावी नारा मा खासै ध्यान दिएका छैनन। सत्तापक्षको मोदी लहर र राम मन्दिरको मुद्दाले मतदाता आकर्षित भएको देख्न सकिन्छ। भारतमा रहेका नेपालीहरूले पनि मतदानमा ऊत्साहजनक हिस्सा लिएको पाईन्छ।हरेक शहर गल्ली गल्लीमा नेपालीहरू आफ्नै घर किनेर बसेका छन तर ति नेपालीहरू आपसमा एकता छैन।नेपाली एकता देखी धेरै टाढा छन।केहि आपतविपत पर्यो भने मात्रै एकता समाज खोज्दै आएको पाईन्छ।नेपाली एकता समाज राम्रो छ त भन्छन तर समाजमा सामेल हुदैनन।तिनीहरूले भोट कसलाई दिन्छन एकिनका साथ भन्न सकिन्न।जुन चारमा जसको सरकार बने पनि यिनीहरूको लागि जसले जित्छ ऊहि मेरो भाले हो।

पुरा चुनावी माहौलमा छिमेकी देश नेपालको बारेमा कोही नबोले पनि मोदीले भने नेपाल हेर्ने जिम्मा पश्चिमी देशको होईन भारतको हो भनेका छन।त्यसको अर्थ जसको सरकार बने पनि नेपाल भारतिय साम्राज्यवादी छातामूनि दवाऊने जुन पुरानो निती छ त्यसलाई निरन्तरता रहने प्रष्ट छ।भारतिय लोकसभा चुनावलाई नियालिरहेका नेपाली देशभक्त क्रान्तिकारीहरू भने सजक र सतर्क देखिन्छन। भारतिय साम्राज्यवादी दलालहरू एन जि ओ, आई एन जि ओ, सरकारी संघ संस्था विविन्न आवरणमा गाऊ गाऊमा पुगेका छन,डाटा विवरण संकलन गरेर दिल्ली पुर्याऊने गरेका छन।माओवादी,नेपाली कांग्रेस,एमाले,राप्रपा, रास्वपा ,मधेसी दल सबै भारतिय गुप्तचर विभागको ईशारामा आफ्ना गतिविधी संचालन गरिरहेका छन।नेपाली सत्तामा को बस्ने,कहिले सम्म बस्ने त्यो निर्णय दिल्लीमा हुन्छ भन्ने कुरा लुकेको कुरा होईन।नेपाली खुल्ला सिमाना, पासपोर्ट भिसा प्रणाली नहुनु भारतिय साम्राज्यवादी निती हो।नेपाली राजनितीमा अस्थिरता पैदा गरेर गृहयुद्धमा फसाऊनु र त्यसको लाभ लिनु भारतिय साम्राज्यवादी निति रहेको छ।जुन चार पछिको सरकारको निती पनि यहि नै रहनेछ। सचेत र संगठित क्रान्तिकारीहरूले यो कुरा बुझेका छन तर समस्या के छ भने कता कता अध्ययनको कमि र जनताको बिचमा जाने सक्रियतामा कमि आएको छ। अल्छिपना र ढिलासुस्ती देखा परेको छ। देश र जनताको लागि पार्टि र क्रान्तिको लागि साम्राज्यवादी संगको लडाई प्रमुख बन्दै गईरहेको विषम परिस्थितीमा हामि चुप लागेर बस्न सक्दैनौ।

मार्क्सवाद लेनिनवाद माओविचारधाराले लैस लौह अनुशासित लाल यौद्दाहरू जुर्मुराऊनै पर्छ।कम्युनिस्ट ईतिहास र नैतिकता को रातो किताव अध्ययन गर्न अल्छी नगरौ। रातो लालटिन के हो? सर्वहारा सांस्कृतिक क्रान्ती बुझ्न अनिवार्य छ। अतिरिक्त श्रमशोषण र पुजिवादको ऊच्चतम रूप साम्राज्यवाद बुझ्नको लागि कार्लमार्क्सको रातो ठेली पूजि अध्यन गर्नैपर्छ।गाऊवस्तीमा पुगेर नेपाली माटो सुहाऊदो क्रान्तीको विजारोपण गर्नु आजको आवस्यकता हो। जाऔ जनताको घर दैलोमा,वस्ती वस्तीमा मसाल बालेर,यहि त हो नेकपा मसालको नवौ महाधिवेशनको संदेश…
नेकपा (मसाल) -जिन्दावाद

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal