शनिबार, भदौ १४, २०८२

कविता मेरा बा

ओजस्वी रावत

बलियो रुखको आड हौं तिमीनयाँ जीवनको रचनाकार हौं तिमीमेरो जीवनमा भगवान भन्दा महान रूप लिआएकासम्वोधन गर्दा मेरा बा हौं तिमी ।
ईश्वर स्वयम प्रकट भए जत्तिकैमेरा माग पूरा गरिदिने बा बुढो हुँदैछन्सन्तानको इच्छा पूरा गर्न भौंतारिएका मेरा बा ठकिरहेकाछन् ।
आफ्नो आवश्यकता त्यागी,मेरा नचाहिँदा माग पूरा गरिदिन्छन्,आफू पाँच वर्ष पुरानो जुत्ता लगाईमलाई नयाँ किनिदिन्छन् ।
आँसु लुकाउन सिपालु मेरा बासबैका अगाडि मुसुक्क मुस्कुराउँछन्,सुखका कुरा त सबै सुनाउँछन् तर दुखका मन मै लुकाइदिन्छन् ।
परिवारको खुसीका लागि मेरा बा लेआफ्नो जीवन नै सुम्पिदिन्छन्,मेरो एक हाँसो हेर्नका लागि उनी दिनरात खटिदिन्छन् ।
तिम्रा संघर्षको कथा सुनीआँखा नभिजाउने कमै होलान्,यी महान व्यक्तिको वयान गर्न नसक्नेती इश्वरपनी भगवान कसरी भए होलान् ।
आफ्नो काँध मा राखी मेला घुमाउने बामेरो मुस्कानमा रमाउने मेरा बाताती ताती गरी हिँड्न सिकाउने बाअनि घोडा बनि दुलाउने मेरा बा ।
एँ बा तिमी महान छौ,तिम्ले आहिले गरेको संघर्षको परिणाममासुखको मुहार आवश्य देखाउनेछु,छोरी भएर के भयो त छोराको कर्तव्य निभाउनेछुछोराको कर्तव्य निभाउनेछु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?