
प्यूठान । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालिले प्यूठान–बर्दियाका लागी यातायात सेवा थप गरेको छ । मल्लरानी गाउँपालिका एक चुजाँ सानीलेख देखि वर्दिया राजापुरका लागी यातायात सेवा (हाईस) थप गरेको हो ।
विहिवार हाईस सेवा संचालन गर्दै प्रालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै यातायात सेवा थप गरिएको बताउनुभयो । जिल्लाका सडक पहुँच सुधार भएका विभिन्न स्थानवाट सेवा पहुँच वृद्धिमा प्रालिले ध्यान दिदै आएको उहाँको भनाई छ ।
शुक्रवार देखि सोही स्थानवाट कृष्णनगरका लागी समेत सेवा विस्तार गर्न लागेको उहाँले जानकारी दिनुभयो । सानिलेख देखि बर्दियाका लागी विहान साढे आठ बजे छुट्ने गरी सेवा विस्तार गरीएको हो । यस्तै कृष्णनगरका लागी विहान साढे नौ बजे हाईस छुट्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।