
काठमाडौँ । एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने भएको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमै नियन्त्रणमा छन् । उनलाई आज राति भने प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने विभागका एक अधिकृतले बताए।
सुर्खेत प्रहरीबाट पक्राउ पछि काठमाडौँ ल्याएर उनलाई आजै म्याद थपका लागि अदालतमा पेस गरिएको थियो । जसअनुसार विशेष अदालत काठमाडौँले पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ।
न्यायाधीशत्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुमति दिएको हो।











