शनिबार, असार १३, २०८३

सवारी दुर्घटनामा उपमेयर रानाकाे ज्यान गयाे

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज रानाको सवारी दुर्घटनामा  ज्यान गएको छ । लु.प्र.०१-००१ झ ०००८ न.को गाडी अनियन्त्रीत भइ दुर्घटना हुँदा उपमेयर रानाकाे घटनास्थलमै ज्यान गएको हो ।
स्वर्गद्वारी नगरपालिका – २ बाङ्गेसल्ला भन्ने ठाउँमा गाडी दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन बाबू विश्वकर्माले जानकारी दिनुभयाे । स्वर्गद्वारीबाट धनवाङ तर्फ जादै गर्दा दुर्घटना भयकने बताईएकाे छ ।

प्रहरी निरीक्षक बिश्वकर्माको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरी निरीक्षक बिश्वकर्माले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?