शनिबार, भदौ २१, २०८२

जीत निश्चित छ

– बिन बहादुर रेग्मी
चुनाव आउछन् जान्छन यो चलिरहने प्रक्रिया हो। बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा विभिन्न प्रकारका विचार नीति सिदान्त कार्यक्रम भएका दल समुह पार्टीहरू हुन्छन, चुनावको बेलामा कुन दल समुह पार्टीको चुनावी नीति कार्यक्रम के छ त्यसमा हाम्रो ध्यान जान जरुरी छ। सर्वप्रथम त हामीले राजावादी तत्वहरू को कुरा गर्नु जरुरि छ। तीस वर्षको पञ्चायती व्यवस्थामा राज गरेका मण्डलेहरुले नयाँ रुप र रंगबाट जनताको बीचमा शुद्ध चोखो राष्ट्रबादी बनेर आएका छन। २०४६ काे भिषण जनआन्दोलन द्वारा राजतन्त्रको अन्त्य पछि कोमामा पुगेका ति रक्तपिपासु जल्लादहरू फेरि कोमाबाट विउतिएका छन। प्रजातन्त्र र बहुदलीय लोकतान्त्रिक गणतन्त्र मा कहाँ कहाँ के कति कमी कमजोरी भएका छन दुरविन लगाएर हेर्दैछन्। त्यही आधारमा पञ्चायती व्यवस्था ठीक हो, राजतन्त्र सही हो भन्ने साबित गर्ने दुस्प्रयास गर्दैछन्। जनताले ति शोषण दमन गर्ने ति सामन्ती जल्लादहरुलाई भुलेकै छैनन। निःशुल्क शिक्षा फ्री मा स्वास्थ्य सेवा तीस वर्षको अवधिमा दिएँ कि दिएनन? सबैलाई थाहा छ त। आज एक्काइसौं शताब्दीको युगमा पनि त्यस्ता बकम्फुसे हावा कुरा गर्नु लाज सरम लाग्नु पर्ने हो। सचेत र जागरुक जनताले यो स्थानिय चुनाव मा यिनीहरूलाई पुन कोमामा पुर्याउन जरुरी छ। राजावादी पूर्व मण्डले सँग चुनावी तालमेल गर्ने, पटक पटक संसद विघटन गरी असंवैधानिक प्रतिगामी कदम चाल्ने कथित नामधारी कम्युनिस्ट पार्टी एमालेलाई पत्तासाफ गर्नु आजको आबस्यकता बनेको छ। राष्ट्रिय जनमोर्चा मा हुँदा सम्म पार्टीको नीति र कार्यक्रम को बिरुद्ध भूमिका खेल्दै आएका र अनुशासन उलंघनको आरोपमा साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका अराजक गतिविधि मा लिप्त फुट परस्त तत्वहरू यतिबेला चुनावी मैदानमा उत्रिएका छन। दिलचस्प मजेदार कुरा यो छ कि उनीहरूको चुनावी मुद्धा मसाल विरुद्ध आक्रोस रहेको छ, एम सी सी को विरोध, संघीयताको विरोध, महंगी लुट हत्या हिँसा जस्ता राष्ट्रियता जनतन्त्र जनजीविकाको सवालमा उनीहरूलाई कुनै रुचि छैन। उनीहरूले जे सोचेका थिए, मसाल धोस्त पार्ने जुन प्रकारको षड्यन्त्र गरेका थिए, पूर्ण रुपमा नाङ्गेझार भए पछि कथित जागरण अभियान खोलेर फुटको औपचारिक सक्कली रूप देखाएका थिए। जागरण क्लब को नाममा पार्टी एकता को पासा पनि चकनाचुर भए पछि मसाल र मसाल नेतृत्वको विरुद्ध धारावाहिक लेखहरू लेखेर चर्चामा देखिए। विरोध गरेर मात्रै क्रान्तिकारी भइँदैन भन्ने तिनीहरूले कति चाडै भुलेछन्। पार्टीमा हुँदा सम्म माखो नमारेका ति अराजक तत्वहरूले कतिपय ठाउँमा भनेको पाइयो, “जीवनभरि पार्टीमा मरी मेटेर काम गरियो, पार्टीले हाम्रो मूल्यांकन गरेन, पार्टी झन झन खुम्चिएर सुकेको मरिच जस्तो भयो।” हेर्नुहोस त यो भनेको के हो? हेर्नुहोस त यसको अर्थ के हो? जीवनभरि मरिमेटेर काम गरेको पार्टी खुम्चिएर सुकेको मरिच जस्तो हुन्छ र? सुकेको मरिच जस्तो हुने गरी जीवनभरि मरिमेटेर काम गरेका रहेछन भन्ने कुरा त सर्वसाधारण जनताले पनि बुझेको कुरा हो। जहाँ सम्म मूल्यांकन भयेन भन्ने कुरा छ स्पष्ट छ त, सुकेको मरिच जस्तो हुने गरी जीवनभरि मरिमेटेर काम गरेका लाई पनि पार्टीले महासचिव बनाएको, पार्टी प्रवक्ता बनाएको, विभिन्न तह र तप्कामा इन्चार्ज बनाएको देखिन्छ, अहिले पार्टीले त्यस्ता अराजतावादी तत्वहरूलाई समयमा चिन्न नसक्नु कमजोरी भएको महसुस गरेको छ। ति जागरण क्लबका मान्छेहरूको कथित बिद्रोही राजमो समन्वय समिति ले मसालको विरुद्ध चुनावी बिगुल फुकेको छ, त्यो बिगुल नबज्दै सुकेको छ, कतिपय ठाउँमा एमालेको सूर्य र कतिपय ठाउँमा राप्रपाको हलो र कतिपय ठाउँमा स्वतन्त्र बाट ओदान र खरानी चुनाव चिन्ह बाट उठेका छन। चुनाव प्रचार प्रसार गर्ने जाँगर नभएर होला, बिचराहरु चुनाबी हलचलमा पनि बुङ्गुरलाई चारो हाल्दै टाइम पास गरेको देखिन्छ। राप्रपा सँग चुनावी तालमेल गर्ने एमालेको बैसाखी मा चुनावी मैदानमा उत्रिएका यी अराजक फुट परस्त तत्वहरूलाई धूलो चटाउनु आजको आबस्यकता बनेको छ। राजनैतिक रूपमा कांग्रेस वर्ग दुस्मन शक्ति हो। कांग्रेस र माओवादी समाजवादी पार्टीका नीति कार्यक्रम सँग राष्ट्रिय जनमोर्चा को कयौ मतभेद छन। राष्ट्रिय जनमोर्चा सधैं राष्ट्रियता जनतन्त्र जनजीविकाको सवालमा अग्रपंतिमा रहेर सम्झौताहीन संघर्ष गर्दै आएको जनताको पार्टी हो। देश र जनताको हितमा, जनताको बीचमा नीति र कार्यक्रम को आधारमा गिलासमा भोट माग्दै हिड्ने पार्टी हो। संघीयताको विषयमा स्पष्ट मत छ, संघीयता जनताको माग होइन 46 सालको आन्दोलनमा होस् या 63 को आन्दोलनमा होस् संघीयताको माग थिएन। विदेशीको इसारामा चोर ढोकाबाट भित्र छिराईएको देश टुक्रयाउने विदेशी षड्यन्त्रको पोका हो, भन्दै संघीयताको विरोध गर्दै आएको छ। एम सी सी घातक छ भनेको छ, चुनावी घोषणपत्रमा आफ्ना यि मुद्दाहरूलाई ज्वलन्त रूपमा उठाएको छ। राजमो को आबस्यकता अनुसार सम्भव भएका सिटहरुमा गठबंधन दलहरु सँग मिलेर जाने नीति छ। कतिपय ले रुखमा भोट हाल्न सकिँदैन भन्ने हल्ला मच्चाएका छन। हामी स्पष्ट छौं। एमाले इतर प्रतिगामी राजावादी उग्रबादी हरुलाई पत्तासाफ गर्न गठबंधन आजको आबस्यकता हो। गठबंधन साथीहरु बीच आपसमा सौहार्दपुर्ण वातावरणमा समझदारी बनेको छ। आचारसंहिता बनेको छ।गठबन्धनको जीत निश्चित देखें पछि अत्तालिएका अराजतावादी फुट परस्त तत्वहरू , प्रतिगामी र पुनरुत्थानवादी तत्वहरू अत्तालिएका छन। नानाथरी कपोलकल्पित हावा कुरा गरेर भ्रम पार्ने असफल प्रयास गरिरहेका छन्। यिनीहरूको पानी धमील्याएर माछा मार्ने कोशिस केवल दिवा सपना मात्रै हो भन्ने समयले बताउनेछ। यतिबेला केन्द्र देखि स्थानिय सरकार,गठबन्धनको राज हुने लहर चलेको छ। जनतामा उत्साह छ। यो गठबन्धनको आँधीले यी अराजकतावादी फुट परस्त तत्वहरू, प्रतिगामी पुनरुत्थानवादी तत्वहरू लाई सफाया गर्ने सुनामी बनेर आएको छ। गठबंधन चुनाव जित्नु को लागि नभएर राष्ट्रियता बलियो बनाउने अभियान हो।
लेखक: (मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय पार्षद हुनुहुन्छ)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?