
जुमान सिंह के सी
३० असार
प्यूठानका २ पालिकाको गत आ व को बेरुजु सून्य देखिएको छ । जिल्लाको सरुमारानी गाउपालिका र मल्लरानी गाउपालिकाको आ व २०७७÷७८ को बेरुजु सून्य देखिएको हो । महालेखा परीक्षकको कार्यालयले बुधबार प्रकाशन गरेको प्रतिबेदन अनुसार प्यूठानको सरुमारानी गाउपालिका र मल्लरानी गाउपालिकामा बेरुजु सुल्य देखिएको हो ।
बेरुजु शुन्य बनाउनमा जनप्रतिनिधि तथा कर्मचारी सबैको सक्रिय साथ र सहयोगले मात्र सम्भव भएको मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनु भएको छ।
५९ औ महालेखा परीक्षण प्रतिवेदन अनुसार देशभरका ७५३ स्थानिय तहमध्य ३ स्थानिय तहमा मात्र बेरुजु रकम सून्य देखिएको छ । जसमा प्यूठानका २ सहित ताप्लेजुङको सिरजंगा गाउपालिका रहेको छ।