
जुमान सिंह के.सी.
साउन ९, प्यूठान
आँखा उपचार केन्द्र (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल) विजुवार प्यूठानमा गत आर्थिक वर्ष ०७८/०७९ मा १२ हजार ७३ जनाले आँखा सम्वन्धि उपचार सेवा लिएका छन् ।
जसमध्ये २६२ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
अस्पतालमा सवैभन्दा बढी चस्माको समस्या र सिजनल एलर्जिको विरामी आउने गरेको अस्पतालका कार्यालय प्रमुख सुजता भण्डारीले बताउनु भयो, त्यसबाहेक घुरघुरान परेको, मोतिविन्दु, जलविन्दु र पर्दाको समस्या परेका विरामी आउने गरेको उहाँले बताउनु भएको छ ।
अँखाका बिरामीहरुलाई जिल्ला बाहिर आदा आर्थिक तथा अन्य रुपमा खर्चिलो तथा अप्ठ्यारो पर्ने भएकोले असपतालले प्रत्येक महिना शल्यक्रिया शिविर प्युठानमै सञ्चालन गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
भैरहवा आँखा अस्पतालसँग समन्वय गरेर आवस्यक प्रबधिक लिएर शिविर संचालन गरिएको भण्डारीले बताउनु भयो।
अझै पनि दुर्गम गाउँ बस्तीमा आँखाको परीक्षण तथा उपचारका लागि समुदाय स्तरमा जान आवश्यक रहेको प्रमुख भण्डारीले बताउनुभयो । अझैपनि सवैको पहुँच पुगेको छैन, उहाँले भन्नुभयो, त्यसैले गाउँगाउँ पुग्नुपर्ने देखिएको छ ।
जिल्लामा २०६४ देखि सेवा शुरु भएको हो ।
अँखा मान्छेको संबेदनसिल अंग हो त्यसैले स्थानीय तहले नागरीकलाई सेवा सुबिधा दिन ध्यान दिनु पर्ने आवस्यकता भएको बताउनु भएको छ।
जिल्लाको स्वर्गद्धारी नगरपालिकामा समेत सेवा विस्तार गरिएको छ । २०७८ असोजदेखि भिंगृमा सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।
आँखा उपचार केन्द्रमा ७ जना कर्मचारी कार्यरत छन् । चस्मा बनाउने अप्टिसियन र ल्याव असिस्टेन्ट थप गर्न आवश्यक रहेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।
अस्पतालले स्थानीय तहसँग सहकार्य गरि पालिका तथा वडा स्तरमा पुगेर आँखाको जाँच गर्दै आएको छ ।
आगामी वर्षमा आवस्यकता र स्थानको पहिचान गरि कुनै स्थानीय तह संग सहाकार्य गरि अँखा उपचार केन्द्रको सखा संचालन गर्ने यिजना रहेको सनेत कार्यालय प्रमुख सुजता भण्डारीले जानकारी दिनु भएको छ।