शनिबार, फाल्गुन २३, २०८२

कविता “अपराध”

फेसबुक कवि

गाेली चल्याे,
हताहत रगत
हात हातमा घुस
दिनदहाडै चाेरी डकैती
अन्तर्राष्ट्रिय मेलाे
गिराेह संसार ।
!!!!!! !!!!!!
गिराेह नायक
गिराेह मन्त्री
गिराेह सांसद
काराेबार जालाे
अदृश्य माकुरा
बबुरा जनता ।
!!!!!! !!!!!!
जनमत लात
त्यागमा घात
सङ्गीन गहना
गाेली हत्या काराेबार
लम्पसार अाहत
नाेटङ्गी सत्यापन ।

!!!!!! !!!!!!
टाेली नायक अाफैं
घटना विज्ञ अाफैं
अपराध अाफ्नै
अदालत अाफैं
हत्यारा अाफैं
हत्यारा फरार भाे रे ।
!!!!!! !!!!!:
नाैटङ्की केरकार
फाेस्रा सूचना सङ्कलन
साक्षी प्रमाण नष्ट
नागवली विश्लेषण
अँखा छाराे समाचार
निर्दाेश खानतलासी ।

!!!!!! !!!!!!

अपराधका बाेट
पदमै छ्याप्छ्याप्ती
सरकामै ढकमक
निर्दाेष बन्दी
फैसला सदर
वाह वाह वाह
छानविन अायाेग
अपराध खेल

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?