
बुटवल साउन १२ गते।
लुम्बिनी प्रदेशका रिक्त चार विषयगत समितिले पूर्णता पाए पछि छवटा विषयगत समिति मध्ये चारवटा समितिले महिला नेतृत्व पाएकाछन्। सपथग्रहण कार्यक्रम पछि अर्थ, उद्योग तथा पर्यटन समितिको प्रथम बैठक नवनिर्वाचित सभापति मा०तारा जिसीकाे अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकले सम्बन्धित तीनवटै मन्त्रालयबाट आ.व.२०७८/७९ काे बार्षिक कार्यक्रम कार्यन्वयनकाे अवस्था बारे विवरण माग गरेकाे छ ।
विवरण अनुसार कार्य भए नभएको अनुगमन गर्न तत्काल जिल्लाहरूमा पुग्ने निर्णय भएको जानकारी प्राप्त भएको छ। समितिको याे पहलले प्रदेश सरकारले कराेडाैं रकम विनियोजन गरेपनि याेजना अलपत्र पार्ने,गुणस्तर र जवाफदेहीताकाे समस्या र अनियमितता राेक्ने दिशामा एउटा पहल हुने आशा गरिएको छ।
आम जनता र विभिन्न शिर्षकमा उठाएकाे राजस्व प्रदेश संचित काेषमा जम्मा नगरेकाे विषय प्रदेशसभामा उठेकाे हुँदा कुन कुन पालीकाबाट रकम नबुझाएको हाे?मन्त्रालयबाट लिखित जवाफ माग गरिएकाे छ। बैठकले प्रदेशमा दर्ता भएका उद्योगहरूकाे अवस्था बारे सम्बन्धित मन्त्रालयबाट पनि जानकारी माग गरेको छ।
अन्य प्रदेशका विषयगत समितिहरूकाे अध्ययन र अनुभवहरू साटासाटकाे पहल गर्ने समेत निर्णय गरिएको छ।