आइतवार, जेष्ठ ६, २०८१

कविता कार्यान्वयन

फेसबुक कवि

भन्दैथियाे हिउँ घिउ बनाउँछु,
पानी अमृत जल बनाउँछु
घाम सारथि साक्षी बनाँछु
मेरा याेजनामा स्च्छता
निर्मलता र पारदर्शिता हुनेछ।

याेजना परियाेजना पार्दछ,
मन्त्रि प्रतिशत सार्दछ
हाकिम प्रतिशत मार्दछ,
लेखावाला कागज चाहार्दछ
कारन्दा विल झार्दछ
काेदालै नचलाई
विकास झारा टार्दछ ।
तह तह भाेज नार्दछ

फलाक्दछ देश विकास
अामूल परिवर्तन
परिवर्तन सम्वाहक बनेर
वरिपरि गुण्डा राज
चुल्ठे मुन्द्रे छाेरा बुहारी
हाेटल हाेटल भतेर
चम्चे लावालस्कर
पैसाका उम्मेद्वार ।

खाेलाकाे पुल बिर्सन्छ,
हिलाम्य बाटाे बिर्सन्छ,
पानीकाे धारा बिर्सन्छ
सार्वजनिक स्थल बिर्सन्छ।
बाचा कसम विर्सन्छ
चुत्याहा रसपान ।

राणाकालीन कल्पनाहरू
निर्दलीय पञ्चायत कल्पनाहरू
कल्पनै कल्पना वक्तव्यवाज
प्रजातन्त्र ,लाेकतन्त्र गणतन्त्र
अझ चुतिया कार्यान्वयन
राष्ट्रपति प्रधानमन्त्री राेजगार
सिन्का नभाँची दैनिक ज्याला
कार्यकता मतदाता भरणपाेषण
सिन्का नभाँची विल भरपाई।

प्रचार प्रसार हाेटलमा
यसाे उसाे गरियाे बाेतलमा,
छाेयला कचिला संस्कार
पिच गरेकाे भाेलिपल्ट उक्किएर
निर्माणाधिन पुल ढलेर
टेबुल बस्नासाथ घुसमागेर
विद्यालय कार्यालय संसद
अनुपस्थितीमै तलव भत्ता
यति पर्दासाफ हुदा पनि
उ भन्दैछ
देश बिकासकाे गतिमा छ
बसी खाने धुत्ने
केन्द्र प्रदेश स्थानीय
धुतकाे प्रतिश्पर्धा
यही हाे वर्तमान तरमारा
चुतिया कार्यान्वयन ।
दाेलखा ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?