
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य ,पूर्व केन्द्रीय सदस्य तथा पुराना बामपन्थी प्युठानी नेता क. राजकुमार कक्षपतिले आजदेखी नेकपा एमाले परित्याग गरेको प्रेस विज्ञप्ति निकाल्दै नेकपा(एकीकृत समाजवादी) पार्टीमा प्रवेस गरेको बताउनुभयको छ ।
कक्षपतिलाइ काठमाडौमा एक कार्यक्रम समारोहका बिच नेकपा एकीकृत समाजबादिका अध्यक्ष पार्टीका अध्क्षय माधव कुमार नेपाल ,सम्मानित नेता झलनाथ खनाल र महासचिव क बेदूराम भुसाल लगायत अन्य नेताहरुले सम्मान सहित पार्टी प्रबेस गराएका थिए।
प्रेस वक्तव्य निकाल्दै राजकुमार कक्षपतिले एमाले बाट कम्युनिष्ट आन्दोलनको रक्षा हुन नसक्ने भएकोले आफू कम्युनिष्ट आन्दोलनको रक्षाको लागिपनी नेकपा एकीकृत समाजबादिमा प्रवेश गरेको उल्लेख गर्नुभएको छ।कक्षपति पुर्व केन्द्रिय सदस्य तथा हाल प्रदेस सदस्य हुनुहुन्थ्यो ,कक्षपतिले लामो समय देखिनै कम्युनिष्ट आन्दोलनमानै रहेर काम गर्दै आउनुभएको थियो।