
शंकर प्रसाद पोख्रेल बुटवल ,
रुपन्देही ,राष्ट्रिय जनमोर्चा निकटअखिल छैठौं प्युठान अर्घाखाँची रुपन्देही सपर्क समितिको भेला राष्ट्रिय जनमोर्चाको कार्यलयमा सम्पन्न भएको छ। भेलाले दुवै जिल्लाको छुट्टाछुट्टै सम्पर्क समिति बनाएको हो ।
भेलामा अखिल (छैठौं) का महासचिव सुवास जिसि, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राम कुमार क्षेत्री र अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गा खरेलले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्युठान–रुपन्देही सम्पर्क समितिका कोषाध्यक्ष दीपक सापकोटा, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य शंकर प्रसाद पोख्रेल र टेकराज भुसाल, अखिल (छैठौं) का केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, रिसब आचार्य र केशव बुढाथोकी, राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलाम, अखिल (छैठौं) का पूर्वकेन्द्रीय सदस्य लक्ष्मी बेलबासे लगायत नेताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता अखिल (छैठौं) रुपन्देही जिल्ला अध्यक्ष सागर बेलबासे र सञ्चालन जिल्ला कोषाध्यक्ष विमल खरेलले गर्नुभएको थियो भने स्वागत लक्ष्मण बन्जाडेले गर्नुभएको थियो ।
भेलाले अखिल (छैठौं) प्युठान–रुपन्देही समितिको अध्यक्षमा सागरजंग क्षेत्री, उपाध्यक्षमा प्रकाश बिष्ट, सचिवमा सुरेस नेपाली, कोषाध्यक्षमा ढाबी राना मगर, सहसचिवमा मोहन पोख्रेल र सदस्यहरुमा प्रविन पोख्रेल, नवीन पोख्रेल, गोविन्द रोधन, माधव विक, विशाल क्षेत्री समीर पोख्रेल, सन्देश विक, नारायण पान्डे, अर्जुन क्षेत्री, अर्जुन पोख्रेल, भक्ती रानामगर, पूष्पा रानामगर, करिस्मा परियार, सपना परियार, जुना परियार, राजेश सुनार, साइमन जैसी, सुरेस सुनार, पिरिन्स खड्का रहेको मूल समिति गठन गरेको छ ।
त्यसैगरी अखिल (छैठौं) अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको अध्यक्षमा लक्ष्मण बन्जाडे, उपाध्यक्षमा अबिनाश खड्का, सचिवमा दीपक पन्थी, सहसचविमा लक्ष्मी बन्जाडे, कोषाध्यक्षमा सृजना घिमिरे तथा सदस्यहरुमा प्रेरणा भाट, संगम पुन, आसिका, विनोद बन्जाडे, निश्चल भुसाल र सल्लाहकारमा टेकराज भुसाल रहनुभएको छ ।
यस्तै, अखिल (छैठौं) गुल्मी–रुपन्देही सम्पर्क भेला आयोजक समितीको संयोजकमा लक्ष्मी भट्टराई तथा बागलुङ–रुपन्देही भेला आयोजक समितिको संयोजकमा विमल खरेल रहनुभएको छ