
तिलक थापा बागलुङ
राष्ट्रिय जनमोर्चा काठेखाेला गाउँपालिका वडा न.-३, धम्जाकाे वडा प्रशिक्षण भेला २०७९ भाद्र १८ गते सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सदस्य तथा काठेखाेला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले दिप प्रजवलन गरी प्रशिक्षण भेला उदघाटन गर्नु भएकाे थियाे । प्रमुख अतिथि थापाले उदघाटन मन्तव्यकाे क्रममा मुलुककाे राष्ट्रियता कमजोर बनिरहेकाे बेला राष्ट्रहित बिपरितकाे नागरिकता बिधेयक पारित गरिनु नेपाल र नेपाली माथि गम्भीर घात भएकाे बताउदै राष्ट्रियताकाे अान्दोलन शसक्त बनाउनु पर्नेमा जाेड दिनु भयाे ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष अाेम बहादुर पुन, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार अर्जुन खत्री, राष्ट्रिय जनमाेर्चा काठेखाेलाका सदस्य रिम बहादुर थापाले पनि शुभकामना मन्तब्य दिनु भएकाे थियाे ।
भेलाले निरज बिककाे अध्यक्षतामा ९ सचिवालय, ५ सल्लाहकार सहित ३३ सदस्यीय राष्ट्रिय जनमाेर्चा वडा समिति धम्जा चयन गरेकाे छ । जसकाे उपाध्यक्ष हस्त बहादुर छन्त्याल सचिव याम बहादुर थापा सहसचिव रुद्र बहादुर थापा काेषाध्यक्ष नरमाया पुन सचिवालय सदस्य अजय जि.सी, भद्रा भण्डारी, कुमार खत्री, राम बहादुर थापा सदस्यहरुमा डिल कुमारी केसी, डिलमाया थापा, कान्छा दर्जी, बम बहादुर किसान, बल बहादुर किसान, बासुदेव खत्री, रेशम भण्डारी, तुलसी थापा, डाेलेन्द्र केसी, डिल बहादुर क्षेत्री, कुमारी बिक, बुद्धि थापा, तिलक थापा, पहलमान थापा, दिपक परियार, भिम बहादुर थापा, तुल्सीराम कडेल, बल बहादुर किसान सल्लाहकारमा अर्जुन खत्री, पुर्ण बहादुर थापा, रिम बहादुर थापा, कर्ण बहादुर खत्री र टेक बहादुर थापा रहनु भएकाे छ ।
कार्यक्रम राजमो वडा समितिको अध्यक्ष पुर्ण बहादुर थापाको अध्यक्षता, सचिव याम बहादुर थापाकाे स्वागत मन्तव्य र संचालन अरुण बि.क.ले गर्नु भएको थियो।