
उनले बुटवलको पुरानो बस्ती, शेनवंशीय ग्रीष्मकालीन दरबार र किल्ला आसपासको क्षेत्रको ऐतिहासिक, सांस्कृतिक महत्वलाई संरक्षण गर्ने गरी काम भइरहेको र युद्ध संग्रहालय निर्माणको चरणमा रहेको बताए ।
नगरप्रमुख पाण्डेयले लुम्बिनी भ्रमणमा आउने मन्त्रीलाई जितगढी किल्लाको भ्रमणका लागि सहजीकरण गर्न र आवश्यक सहकार्यका लागि प्रस्ताव गरेको बताए । जितगढी र पुरानो बुटवलको अवलोकन गरेपछि निर्देशक वर्डले नेपाल–अंग्रेज युद्ध भएकोे स्थलमा घुम्न पाउँदा खुशी लागेको र इतिहासबारे जानकारी पाएको भन्दै खुशी व्यक्त गरेका थिए ।
उनले जितगढी किल्ला र आसपासको पुरानो बुटवलसँग जोडिनेगरी बेलायत सरकारको तर्फबाट सहकार्यका लागि प्रयास गर्ने बताएका छन् । उनले बुटवल उपमहानगरपालिकासँग सहकार्यका लागि इच्छुक रहेको बताउँदै बेलायती मन्त्रीको भ्रमणका लागि प्रयास गर्ने सो अवसरमा बताएका थिए ।नेपाल प्रेस बाट