
बुटवल । लुम्बिनी प्रदेश संसदको अर्थ, उद्योग तथा पर्यटन समितिले प्रदेशका १२ वटा जिल्लामा सञ्चालित विभिन्न योजनाको स्थलगत अनुगमन गर्ने भएको छ ।
समितिका सभापति तारा जिसीको नेतृत्वमा १२ वटै जिल्लामा निर्माणाधीन योजनाको अनुगमन गर्ने निर्णय गरिएको सभापति जिसीले जानकारी दिनुभयो ।
शुक्रबार बसेको समितिको बैठकले समितिका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । त्यसअनुसार रुकुम, रोल्पा र प्युठानमा सभापति जिसीलाई जिम्मेवारी दिइएको छ ।
लुम्बिनीको अर्थ, उद्योग तथा पर्यटन समिति सभापतिमा तारा जिसी चयन
यस्तै, बाँके, बर्दिया र दाङमा भुवनेश्वर चौधरी, कृष्णा केसी र मोहम्मद याकुव अन्सारी, अर्घाखाँची र गुल्मीमा निर्मला क्षेत्री, पाल्पामा तुलाराम घर्ती र युवराज खनाल, नवलपरासीमा दिपेन्द्र अधिकारी र भगवती कुमारी भण्डारी तथा रुपन्देही र कपिलवस्तुमा लिला गिरी, तुलसीप्रसाद चौधरी, थान कुमारी थापा चापागाई र निर्मला मुडभरीलाई जिम्मेवारी दिइएको छ ।
तारा जिसी नेतृत्वको समितिको पहिलो निर्णय : अनियमितता रोक्न कार्यस्थलमै अनुगमन
गएको साउन ११ गते राष्ट्रिय जनमोर्चाका सांसद जिसी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति चयन हुनुभएको थियो । त्यसयता सो समितिले कार्यस्थलमै गएर योजनाहरुको अनुगमन गरिरहेको छ ।