
खिमराज चालीसे,
चंडिगढ । भारतको चंडिगढबाट नेपाली युवा वेपत्ता भएका छन् । हिमांचलबाट घर हिँडेका ३१ वर्षीय तिलक विक यही १३ सेप्टेम्वरदेखि वेपत्ता भएका हुन् ।
उनको खोजीमा सहयोग गर्न परिवारले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसँग आग्रह गरेको छ ।
सल्यान जिल्लाको सारदा नगरपालिका वडा नम्बर ९ का शेरबहादुर विकका छोरा तिलक समेत उनीसँगै यात्रा गरिरहेका अन्य चार जना समेत हिमांचल राज्यको केलङबाट नेपाल जान भनि १२ सेप्टेम्वरमा हिँडेका थिए ।
बाटोमा पर्ने मनालीमा दुई जना अन्य नेपाली भाषीहरु उनीहरु सँग भेटिएका थिए । ती दुईजनाले चंडिगढ नजिक पुग्दा बाटोमा जुस खुवाएपछि बेहोस भएको बताउने पीडितहरु मध्ये चार जना जीरकपुरबाट नेपालीहरुकै सहयोगमा नेपाल पुगेका छन् भने एकजना तिलक विक अझै बेपत्ता रहेका छन् ।
परिवारका अनुसार साथमा यात्रा गरेका पाँच जनामध्ये तुल्सासँग २७ हजार पाँच सय, दिपेन्द्र भण्डारीसँग २८ हजार पाँच सय, थमन सिंह बोहरासँग मोबाइल र पैसा गरी रु ३४ हजार, मोहन बस्नेतसँग मोबाइल र पैसा गरी २७ हजार र तिलक विकसँग मोबाइल र पैसा गरि ७१ हजार रहेको र पाँचै जनासँग रहेको रकम र मोबाइल तथा सामानहरु हराएको चन्द बहादुर विकले मूल प्रवाहलाई दिएको निवेदनमा जनाइएको छ।
तिलक अझै सम्पर्कमा नआए पछि खोजीमा सहयोग गर्न मूल प्रवाहसँग परिवारले आग्रह गरेको हो।
उनी भेटिएमा नेपालमा नजिकको राजमो कार्यालयमा, भारतमा नजिकको मूल प्रवाह कार्यालय अथवा भारतमा नेत्र +९१८०९१७१५०८९, महेश +९१९८०७८६७०६९ र नेपालमा चन्द बहादुर ९८४८१४६२०२ मा सम्पर्क गर्न मूल प्रवाह चंडिगढले आग्रह गरेको छ।