बिहिबार, भदौ २६, २०८२

बृहत साहित्य/संगीत कार्यक्रमको आज समापन

जुमान सिंह के सि
असोज १४ प्युठान ।
साहित्य परिषद प्यूठानको आयोजनामा रास्ट्रीय स्तरको पहिलो पटक बृहत साहित्य/संगीत महोत्सवको आज तेस्रो दिन विभिद कार्यक्रमका साथ बाग्दुलामा समपान गरिएको छ।

जिल्लाको कला,साहित्य तथा पर्यटकीय क्षेत्रको प्रचार-प्रसार तथा प्रर्वद्धन गर्ने उदेश्यले साहित्य/संगीत महोत्सवको आयोजना गरिएको महोत्सव का अध्यक्ष तथा साहित्य परिषद प्युठानका अध्यक्ष नवराज आचार्यले बताउनु भएको छ ।

३ दिन सम्म संचालन भएको महोत्सव कार्यक्रमको अन्तिमदिन बाग्दुलामा कविता प्रतियोगिता सहित विभिद साहित्य, कला, संगीत प्रस्तुत गरिएको थियो।
प्रयटकिय तथा रमणीय स्थान झिमरुकको ओखरकोट, मल्लरानिको खलंगा तथा मल्लरानी, स्वर्गद्वारी र बाग्दुलामा औपचारिक कार्यक्रम गरि महोत्सवको समापन गरिएको छ।

 

समापन कार्यक्रममा प्रा.डा. गोपिन्द्र पौडेल, साहित्यकार डा. गितु गिरी, प्युठान नगरपालिका प्रमुख बिष्णु योगि, लगाययका अतिथिहरु रहनु भएको थियो

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिस्ठानका सदस्य तथा प्राध्यापक डा. गोपिन्द्र पौडेलले साहित्य/ संगीतको बारेमा समाजमा साझा बुझाईमा समस्या भएको बताउनु भएको छ।
उहाँले साहित्य, कलाले समाज बिकासमा टेवा दिने भन्दै यसलाई सबैले अङालन आवस्यक रहेको बताउनु भएको छ। साथै उहाले साहित्य, कलालाई पर्यटन सङ्ग जोडेर अगाडी लैजान पर्ने बताउनु भएको छ। प्युठानमा धर्मिक तथा पर्यटकीय सम्भावना धेरै रहेको भन्दै यसको सहि ठिक ढंगले प्रचारप्रसार हुन नसक्दा समग्र जिल्लाको बिकास हुन नसकेको उल्लेख्य गर्नु भएको छ।

साहित्यमार डा. गितु गिरिले प्युठान र स्वर्गद्वारीको बारेमा आफुले धेरै वर्ष अगाडि देखि विभिन्न माध्यमबाट जानकारी तथा प्रकाशन गरिएको भए पनि अझै चिनाउन नसकिएको बताउनु भएको छ। उहाले सरकारको योजना निर्माणमा स्वर्गद्वारीलाई प्राथमिकतामा राखी योजना बनाउनु पर्ने र आफुले सक्दो सहयोग गरिरहेको उल्लेख गर्नु भयो ।
प्युठान नगरपालिकाका प्रमुख बिष्णु योगिले साहित्य र कला संगीत समाजको लागि आवस्यक रहेको भन्दै आगामी दिनमा सहकार्य गर्ने बताउनु भएको थियो।

देश भरबाट आएका साहित्यकार, कबिहरुले साहित्य, कला, कविता, गजल प्रस्तुत गरेका थिए

। कविता प्रतियोगिता सहित विभिन्न कला संस्कृति प्रर्दशन, खुल्ला रचना बाचन लगायतको कार्यक्रम गरिएको साहित्य परिषद प्युठानका सचीव धुर्व गिरीले बताउनुभयो ।

साहित्य परिषद प्युठानका अध्यक्ष नवराज आचर्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्तरीय कविता प्रतियोगिता गरिएको थियो जसम प्रथम सुशील सुनार, दुतिय सुनिल बि क, तृतीय बसन्त खड्का रहनु भएको छ। प्रतियोगितामा १५ जनाले सहभागीता जनाएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले कार्यक्रमलाई सफल बनाउनको लागि युवा, विद्यार्थीलाई समेट्न पर्ने सुझाव दिएका थिय। साथै आगामी दिनमा समेत कार्यक्रमको आयोजना गरि जिल्लाको पर्यटन तथा ऐतिहासिक महत्त्व वोकेका स्थानहरुको प्रचारप्रसार तथा अवलोकन गर्ने, स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरुको उजागर गर्न आवस्यक रहेको बताएका छ्न।

देशका विभिन्न जिल्ला बाट साहित्यकार तथा कबिहरुलले आफ्नो प्रस्तुति गरेका थिए ।साथै स्थानीय काला, साहित्य/ संगीत प्रस्तुत गरिएको थियो।
तीन दिन सम्म कार्यक्रम सम्पन्न गर्ने सबैलाई धन्यवाद तथा साहित्यकार कविहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रमकै अवसरमा नर बहादुर थापाद्वारा पैतिस हजार बराबरको अक्षयकोष स्थापना गर्नु भएको थियो।

कार्यक्रमको सन्चालन सचीव धुर्ब गिरिले संचालन गर्नु भएको थियो।तीन दिन सम्म गरिएको महोत्सव सफलता पुर्वक सम्पन्न भएको सचीव धुर्व गिरीले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?