बिहिबार, भदौ २६, २०८२

मतभेद त्यागेर गठबन्धनलाई जिताऔं-युवानेता बस्नेत

 

प्युठान

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य एंव अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)का उपमहासचिव तथा ऐरावती गाउँपालिकाका निवर्तमान उपाध्यक्ष युवा नेता क. बुद्ध बस्नेतले दशैको शुभकामना दिंदै सबै किसिमका मतभेद त्यागेर गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ,उहाँले देशमा प्रतिगामी खतरा कायम रहेको भन्दै त्यसैका विरुद्ध गठबन्धन बनेकोले प्युठान जिल्लामा पनि सबै गठबन्धनका दलहरुले आ आफ्ना मतभेद त्यागेर गठबन्धनका उमेदवारहरुलाइ जिताउन लाग्न सबै गठबन्धनका कार्यकर्ताहरुलाइ आग्रह गर्नुभएको छ।

बुद्ध बस्नेतले दिएको दशैंको शुभकामना यश प्रकार छ।

“विजया दशमी,शुभ दिपावली तथा छठ पर्वको शुभकामना!!”
हाम्रो देश नेपाल धर्म निरपेक्ष राष्ट्र हो।यहाँ विभिन्न धर्मावलम्बीहरु बसोबास गर्नु हुन्छ।सबैको धार्मिक महत्त्व उत्तिकै हुन्छ।यसै सन्दर्भमा हिन्दु धर्मावलम्बीहरुको महान चाड विजया दशमी,शुभ दिपावली तथा छठ पर्व-२०७९ सालको पावन अवसरमा देश,विदेशमा रहनु हुने सम्पुर्ण आमाबुवा,दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
हाम्रो देशलाई धार्मिक स्वतन्त्रता कायम गर्नका निम्ति लामो त्याग,तपस्या र बलिदान दिनुहुने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुलाई पनि सम्झन चाहान्छु।
आम नेपाली जनताको भावनालाई मध्यनजर गरि २०७४ सालमा २ ठुला वामपन्थी दलहरू नेकपा(माओवादी केन्द्र) र नेकपा एमालेलाई एउटै पार्टी बनाउने उद्देश्यका साथ जनताको बिचमा गएका थियौ,त्यसैको परिणामस्वरुप नेपाल कम्युनिस्ट पार्टी(नेकपा)जस्तो विशाल पार्टी निर्माण गरि जनआकङक्षालाई सम्बोधन गर्ने प्रयास गरेका थियौ।विडम्बना र दु:खका साथ भन्नू पर्छ,त्यति मिहिनेत गरेर बनाएको पार्टी बचाउन सकेनौ तत्कालीन प्रधानमन्त्री केपि शर्मा वलिले संविधान र गणतान्त्रिक व्यवस्था धरमराउने गरि संसद विघटन गरेपछी फेरि देशमा वाम-लोकतान्त्रिक गठबन्धन गरि संविधान र गणतन्त्रको रक्षा गर्नु पर्ने अवस्था आयो।

यसरी संविधान र गणतन्त्रको रक्षाका लागि बिशिस्ट समयमा वनेको गठबन्धन यो निर्वाचनमा मात्र हैन,निर्वाचन पश्चात् समेत गठबन्धनको निरन्तरता आवश्यक छ।यसर्थ गठबन्धनका सबै दलहरूलाई सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी पाउन सम्भव छैन,त्यसैले जुन दललाई जहाँको निर्वाचन क्षेत्र मिलेता पनि
निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन उत्साहका साथ जुट्न गठबन्धनका सम्पुर्ण नेता कार्यकर्ताहरुलाई अनुरोध गर्दछु।साथै संविधान र गणतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारहरुलाई भारिमतले विजयी गाराउनुहुन सबै आमाबुबा एंव दाजुभाइ दिदिबहिनीहरुमा अनुरोध गर्दछु।
बुद्ध बस्नेत
उपमहासचिव
अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)
एंव नि.उपाध्यक्ष,ऐरावती गाउँपालिका,प्यूठान

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?