
जुमान सिंह के सी
प्युठान असोज २३
प्युठानबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेपछि गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार दुर्गा पौडेलले आफूले जित्ने दावी गर्नुभएको छ । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग छोटो कुराकानीमा साझा उम्मेदवार दुर्गा पौडेलले प्रतिगमनलाई रोक्न र जिल्लामा आफुले थालेका बाकी अधुरा कामलाई पुर्णता दिनको लागि उम्मेद्बारी दर्ता गराएको बताउनु भएको छ।
उहाँले गठबन्धनको पक्षमा जनताले मत दिने दावी गर्नुभएको हो । उहाँले एमालेले प्रतिगामी बाटो रोजेकाले जनताले मत नदिने उल्लेख गर्नु भएको छ।
साझा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा र्राष्ट्रिय जनमोर्चाकि केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेल प्रदेश तर्फ क मा नेकपा माओवादीका प्रकाश अधिकारी ख मा नेपाली काङ्ग्रेसका सरोज थापा (रोज राणा)ले आज सयुक्तरुपमा मनोनयन दर्ता गराएका हुन।
गठबन्धनमा रहेका दलको पूण साथ रहने र प्रतिनिधि सभा र प्रदेशसभामा सबै उमेदवारले जित्ने भन्दै, सोही अनुरुप गठबन्धन बनेको बताउनुभयो । उम्मेदवार पौडेलले आफू सांसद हुँदा जिल्लामा विकास निर्माणका काम भएको दावी गर्दै सवै पूरा हुन नसकेको बताउनुभयो ।
साथै नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका उमेदवार एमाले नेता सुर्य थापाले एमालेले चुनाव जित्ने दाबी गरेका छ्न। उनले स्थानीयतह्को परिणाम अनुसार पहिलो शक्ति भएको भन्दै जित हासिल गर्ने बताएका हुन।तेस्तै
प्रदेश सभा सदस्यमा एमालेबाट क मा तुल्सिराम शर्मा र ख बाट नेता हरि रिजालले मनोनयन दर्ता गराएका छ्न।