बिहिबार, भदौ २६, २०८२

प्रतिगामी शक्तिले हार्नुको विकल्प छैन: नेतृ पौडेल ,संयुक्त कार्यकर्ता भेटघाट सम्पन्न

जुमान सिंह के सी
प्युठान असोज २९
संयुक्त गठबन्धनका उम्मेद्बारहरुले आज प्युठान नगरपालिका र मल्लरानी गाउँपालिकामा संयुक्त रुपमा कार्यकर्ता भेला सम्पन्न गरेका छ्न।

प्रतिनिधिसभा सदस्यका गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार दुर्गा पौडेलले आफूले जित्ने दावी गर्नुभएको छ । आफुले पहिला पनि देश र जनताको पक्षमा काम गरेको भन्दै अबका दिनमा अझ जनताको कामामा निरन्तर लागि पर्ने बताउनु भएको छ। उहाँले देश रहे मात्र अरुकुरा हुने भन्दै देशलाई बन्धक बनाउन खोज्नेहरुका विरुद्ध आम जनता सजग हुनु पर्ने बताउनु भएको छ।

समग्र जिल्लाको बिकासको खाका आफुहरु संग रहेको भन्दै प्रतिगामी एमालेलाई पराजित गर्नुको विकल्प नरहेको उल्लेख गर्नु भएको छ।एमालेको दम्ब र घमण्डका कारण नेपाली जनताले दुख पाएको समेत उल्लेख गर्नु भएको छ।

साझा गठबन्धनको तर्फबाट प्रदेश ख मा नेपाली काङ्ग्रेसका सरोज थापा (रोज राणा)ले
प्रतिनिधि सभा र प्रदेशसभामा सबै उमेदवारले जित्ने भन्दै, सोही अनुरुप गठबन्धन बनेको बताउनुभयो ।
उहाँले पार्टीको आफ्नो आफ्नो निति सिद्धान्त रहेको भए पनि एस पटक पार्टीहरु मिल्नुको विकल्प नरहेको भन्दै प्रतिगामीलाई धुलो चटाउनु आवस्यक रहेको बताउनु भयो। उहाँले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने भएकोले एमाले को झुठो कुरा बिश्वास नगर्न आम समुदायलाई अपिल गर्नु भयो। अहिले गाउँगाउँमा एमालेले विभिन्न बिकासका गफ लाउदै हिडेका छ्न ऊनीहरु हिजो सत्तामा छदा के गरे? भन्दै अनावश्यक भरम नछर्न आग्रह गर्नु भएको छ।
सबै पार्टीका कार्याकर्तालाई एक जुट भएर गठबन्धनका उम्मेद्बारलाई जिताउन आग्रह गर्दै अबका ५ वर्षमा प्युठानको बिकासमा आफुहरु योजनाबद्द तरिकाले लाग्ने बताउनु भएको छ।
प्रदेश क का उम्मेद्बार कृष्ण कुमार अधिकारी (प्रकाश) ले अहिलेको अवस्थामा प्रतिगामीहरुको जित भएमा देश अत्यन्तै संकटमा फस्ने भन्दै कार्याकर्ता तथा आम जनता सजग हुनु पर्ने बताउनु भयो।

कार्यक्रममा प्युठान नगरपालिका र मल्लरानी गाउँपालिकामा ५/५ सदस्यीय पालिका स्तरीय संयुक्त चुनाव प्रचारप्रसार समिती गठन गरिएको छ। कार्याकर्ता भेलालाई गठबन्धन दलका नेताहरुले समेत सम्बोधन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?