बिहिबार, भदौ २६, २०८२

प्युठान जिल्लाको विकास र व्यवस्थाको रक्षाका लागि हाम्रो उम्मेदवारी हो :गठबन्धन

प्यूठान । पाँच दलिय गठबन्धनको तर्फवाट प्यूठान प्रतिनिधि सभाका उम्मेदवार दुर्गा पौडेलले विगतका वर्षमा संसदमा सांसदले खेल्नुपर्ने भूमिका सफल रुपमा निर्वाह गरेको बताउनु भएको छ । मंगलवार प्यूठान नगरपालिका जुम्रिमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँँले विभिन्न नीतिनिर्माण देखि जिल्लाका साझा मुद्धाहरुमा समेत राज्यको ध्यान आकर्षण गर्न मुख्य भूमिका खेलेकको बताउनु भयो ।
जिल्लाको विकासको सन्दर्भमा आफू साक्षात्कार रहेको औल्याउदै व्यवस्थाको रक्षा र जिल्लाको विकास गठवन्धनका उम्मेदवारको मुख्य प्राथमिकतामा रहेको बताउनु भयो । आफ्नो पाँच वर्षे कार्यकालमा विकास निर्माणका कयौं गतिविधि अगाडी बढेको बताउदै उहाँले केपि ओलीको प्रतिगामी कदम विरुद्ध संघर्ष चलाउदा जिल्लामा सोचेजति समय खर्च गर्न समस्या रहेको उहाँले बताउनु भयो । “विकासको रुपलाई जोड्ने कोसिस भई रहेको थियो । विकासका योजनाहरु अगाडी बढाएका थियौं ।” उम्मेदवार पौडेलले भन्नुभयो, “केपि ओलीले दुई/दुई पटक संसद विघटन गर्दा प्रतिगमनको लडाईमै दुई वर्ष खर्च भयो ।” आफ्नो कार्यकालमा कयौं विकास निर्माणका कार्यहरु प्रक्रियामा अगाडी बढाएको औल्याउदै त्यसको सफल कार्यान्वयनका लागि समेत गठवन्धनले प्राथमिकता दिने बताउनु भयो ।
कार्यक्रममा प्यूठान निर्वाचन क्षेत्र नम्वर १ (क) का प्रदेश सभा उम्मेदवार कृष्ण अधिकारी प्रकासले जिल्लाका विकास योजनालाई मुख्य प्राथमिकतामा राखेर गठवन्धनले काम गर्ने बताउनु भयो । “हामी जे बोल्छौं त्यो गर्छौ”,उहाँले भन्नुुभयो, “हावादारी गफ दिएर जनतालाई हामीले भ्रम फैलाउने छैनौ ।”
यस्तै प्रदेश सभा (ख) का उम्मेदवार सरोज थापा(रोज राणा) ले गठवन्धनको जीत सुनिश्चित भई सकेकोले प्यूठानको विकासमा गठवन्धनको मुख्य ध्यान केन्द्रित हुने बताउनु भयो । सडक पहुँच, शिक्षा स्वास्थ्य संगै रोजगारी सृजना गर्नमा हाम्रो मुख्य भूमिका हुने उहाँको भनाई थियो ।
जिल्लामा पाँच दलिए गठवन्धनवाट प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चाको तर्फवाट पौडेल को उम्मेदवारी रहेको छ । यस्तै प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका अधिकारी र प्रदेश सभा (ख) मा नेपाली काग्रेसवाट थापा उम्मेदवार हुनुहुन्छ ।
प्रगतिशिल पत्रकार संघ नेपाल, नेपाल प्रेस यूनियन र प्रेस सन्टर नेपाल प्यूठानले कार्यक्रम आयोजना गरेका हुन । प्रेस सेन्टर नेपाल प्यूठानका कार्यवाहक अध्यक्ष यादव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियन प्यूठानका अध्यक्ष श्रिराम भण्डारीले स्वागत र प्रगतिशिल पत्रकार संघ नेपाल प्यूठानका अध्यक्ष प्रज्वल पहाडीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?