
शङ्करप्रसाद पोख्रेल, बुटवल ।
प्युठानबाट रुपन्देहीको बुटवलमा आएर विभिन्न पेसा–व्यवसाय गर्ने प्रतिगमन विरोधी गठबन्धन दलका कार्यकर्तामाझको भेलाले कृष्ण जिसीको संयोजकत्वमा १२५ सदस्यीय प्युठान–रुपन्देही चुनाव प्रचार प्रसार समिति निर्माण गरेको छ ।
२०७९ कात्तिक ५ गते बुटवलस्थित मझेरी भान्साघरमा सो भेला सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अथिति नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री तथा संयुक्त वाम–लोकतान्त्रिक गठबन्धन दलको प्युठान प्रदेशसभा ख की चुनाव परिचालन समितिकी संयोजक निमा गिरीले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा विशिष्ट अतिथि नेकपा (माओवादी–केन्द्र) का युवा नेता तथा संयुक्त गठबन्धन प्युठान जिल्ला चुनाव परिचालन समितिका सदस्य बिश्वबन्धु थापा हुनुहुन्थ्यो ।
कार्यक्रमको सभापतित्व राष्ट्रिय जनमोर्चा प्युठान–रुपन्देही सम्पर्क समितिका अध्यक्ष कृष्ण जिसीको तथा सञ्चालन नेकपा (माओवादी केन्द्र) रुपन्देही–प्युठान जिल्ला समर्क समितिका नेता प्रदीप जिसीको र स्वागत मन्तव्य नेपाली काङ्ग्रेसनिकट सम्पर्क समितिका अध्यक्ष महेश पोख्रेलको रहेको थियो ।