
बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखाेला गाउँपालिका वडा नं ३मा २०७९ कार्तिक १४ गते जनभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएकाे छ । प्रचार प्रसार कार्यक्रम धम्जाकाे दुवारा, माझकटेरा, असाैजे, धम्जा देउराली, धम्जा गाउँमा सम्पन्न भएकाे थियो । जनभेटघाट तथा प्रचार कार्यक्रममा बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार तथा राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसीले २/२ पटक संसद बिघटन गरेर देशलाई निरङकुसता तिर लैजान खाेज्नु प्रतिगामी कदम र लाेकतन्त्रकाे मुल्य र मान्यता बिपरित भएकाेले संबिधानकाे रक्षा र राजनैतिक स्थायित्वका लागि बाम लाेकतान्त्रिक गठवन्धनलाई बिजयी गराउनु पर्ने बताउनु भयाे ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ क का प्रदेशका उम्मेदवार तथा नेपाली काँग्रेस बागलुङका पुर्व सभापति दिपेन्द्र बहादुर थापाले राजनैतिक स्थायित्वले मात्र दिगो बिकासकाे लक्ष्य पूरा गर्ने भएकाेले गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउनु पर्नेमा जाेड दिनु भयाे ।
कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, नेकपा माअाेबादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा, नेपाली काँग्रेसका प्रदेश समानुपातिक उम्मेदवार चम्पादेबि खडका, राष्ट्रिय जनमाेर्चा प्रदेश समानुपातिक उम्मेदवार पियारी थापा, लक्ष्मी बास्काेटा, नेकपा माअाेबादी केन्द्रका प्रदेश समानुपातिक उम्मेदवार कुशुम बुढा, लक्ष्मी खडका, पाँच दलिय गठबन्धन निर्वाचन परिचालन समिति काठेखाेला ३ का संयाेजक दिपेन्द्र खडका, सदस्य देबेन्द्र खडका, ले मन्तव्य राख्नु भएकाे थियो । प्रचार कार्यक्रममा पाँच दलिय गठबन्धनका केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरीय नेता तथा कार्यकर्ताहरुकाे सहभागी रहेकाे थियाे ।