
बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखाेला गाउँपालिका वडा नं ४मा २०७९ कार्तिक १५ गते जनभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएकाे छ । प्रचार प्रसार कार्यक्रम तंग्रामकाे धारा खेल मैदान करम्दी, ठुलाेगाउँ, फापरखेतमा सम्पन्न भएकाे थियो । जनभेटघाट तथा प्रचार कार्यक्रममा बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार तथा राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसीले याे गठबन्धन निर्वाचन जित्नका लागि नभई लाेकतन्त्र बचाउनका लागि भएकाेले लाेकतन्त्र र संबिधानकाे रक्षाका लागि गठबन्धनकाे जित अनिवार्य छ । त्यसैले गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन अनुरोध गर्नु भयाे ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ क का प्रदेशका उम्मेदवार तथा नेपाली काँग्रेस बागलुङका पुर्व सभापति दिपेन्द्र बहादुर थापाले नेपाली जनताले दिएकाे दुई तिहाईकाे जनमतलाई अबमुल्यन गरि संबिधान बिपरित २/२ पटक संसद बिघटन गर्ने शक्ति लाई जनताले परास्त गरिदिने छन । दिगो बिकासकाे लागि गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउने बताउनु भयाे ।
कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, नेकपा माअाेबादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा, नेपाली काँग्रेस प्रदेश समिति सदस्य अमर बहादुर कार्की, नेपाली काँग्रेसका प्रदेश समानुपातिक उम्मेदवार ज्ञान कुमारी श्रीस कँडेल, चम्पादेबि खडका, राष्ट्रिय जनमाेर्चा प्रदेश समानुपातिक उम्मेदवार पियारी थापा, लक्ष्मी बास्काेटा, नेकपा माअाेबादी केन्द्रका प्रदेश समानुपातिक उम्मेदवार कुशुम बुढा, लक्ष्मी खडका, नेकपा एकीकृत समाजवादी बागलुङका सदस्य श्याम पुन, पाँच दलिय गठबन्धन निर्वाचन परिचालन समिति काठेखाेला ४ का संयाेजक बिष्णु कँडेल, क्षेत्रिय सचिवालय सदस्य मनिष थापा, वडा सचिवालय संयाेजक बिष्णु आलेले मन्तव्य राख्नु भएकाे थियो । प्रचार कार्यक्रममा पाँच दलिय गठबन्धनका केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरीय नेता तथा कार्यकर्ताहरुकाे सहभागी रहेकाे थियाे ।