
अखिल नेपाल शिक्षक संघ जिल्ला समिति प्युठान तथा नेपाल शिक्षक महासंघ प्युठानको आयोजनामा अखिल नेपाल शिक्षक संघ प्युठानका सचीव, नेपाल शिक्षक महासंघ प्युठानका सहसचिव, प्रविधिमैत्री शिक्षक समाज प्युठानका अध्यक्ष र महेन्द्र मा बि खलंगाका शिक्षक ध्रुव गिरीका पुजनीय पिताको ९ औ दिनको अवसरमा उहाँकै निवास गढवा १ कालाकाटेमा शोक सभा सम्पन्न भएको छ । शिक्षक महासंघ प्युठानका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षता अखिल संघ प्युठानका अध्यक्ष अर्जुन बहादुर के सी को सन्चालन र मृतकका जेष्ठ पुत्र ध्रुव गिरीले आदरणीय बुबाको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो भने अखिल संघका केन्द्रिय सदस्य भानु जि एमले शोक मन्तव्य दिनुभएको थियो यसैगरी नेपाल शिक्षक महासंघ का उपाध्यक्ष लिलापसिङ रोका,सचिब जानका के सी, अर्थ सचिब खिम बहादुर जि सी, अखिल संघ दाङका अध्यक्ष रुमाल प्रसाद बसेल , नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सदस्य सिर्जना पण्डित, अखिल संघ प्रदेश सचिब कल्याण खड्का , अखिल संघ प्युठान उपाध्यक्ष डम्बरसिंह जि सी, काेषाध्यक्ष महेन्द्र के सी लगायतले मृतकप्रती श्रद्धाञ्जली तथा परिवारजनप्रती समवेदना अर्पण गर्नुभएको थियो । शोक मन्तव्य सहित सभापति शेरबहादुर थापाले कार्यक्रमको समापन गर्नुभएको थियो ।