
शंकर प्रसाद पोख्रेल
बुटवल रुपन्देही , आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि रुपन्देहीको बुटवलमा चनावी भेलाको आयोजना गरिएको छ ।
संयुक्त बाम लोकतान्त्रिक गठबन्धन प्यूठान रुपन्देही समन्वय समितिले बुटवलमा चुनावी भेलाको आयोजना गरेको हो ।
यही कार्तिक १९ गते शनिबार बिहान साढे १० बजे बुटवलको सुख्खानगरस्थित मेरिगोल्ड होटलमा चुनावी भेलाको आयोजना गरिएको चुनावी भेला आयोजक समितिका संयोजक कृष्ण जीसीले जानकारी गराउनुभएको छ।
पांच दलीय गठबनधन दलका उममेदवारहरुलाई जिताउने गरी रुपन्देहीको बुटवलमा चुनावी भेलाको आयोजना गरिएको हो ।
एक दिने उक्त बृहत चुनावी भेलामा प्यूठान जिल्लाबाट प्रतिनिधिसभाका उम्मेदवार दुर्गा पौडेल, प्रदेशसभा उम्मेदवार प्यूठान क का कृष्ण अधिकारी र प्यूठान ख का उम्मेदवार रोज राणा आउने कार्यक्रम रहेको चुनाव परिचालन समितिका प्रदीप जीसीले जानकारी गराउनुभयो।
त्यस्तै गठबन्धन दल प्यूठानका प्रमुख तथा अध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांगे्रस प्यूुुठान रुपन्देही सम्पक समितिका अध्यक्ष महेश पोखरेलले बताउनुभएको छ।
रुपन्देहीको बटवल, भैरहवा, सालझण्डी, देवदह लगायतका विभिन्न ठाउंमा बसोवास गर्दै आएका गठबनधन दल समर्थकको भेलाले प्यूठानको चुनाव प्रचार प्रसारका लागि कृष्ण जीसी संयोजक रहेको १ सय २५ सदस्य चुनाव परिचालन समिति गठन गरिएको छ ।