बिहिबार, भदौ २६, २०८२

प्यूठानमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन डाक्टर गोबिन्दराज पोख्रेलको आह्वान

बुटवल, कार्तिक १९ गते । संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन पांच दलीय गठबन्धन दलका नेताहरुले मतदातासंग आग्रह गरेका छन् । मंसिर ४ गतेको चुनाब गणतन्त्रबादी शक्ति र प्रतिगामी शक्तिबीचको लडाई भएकाले प्रगिमगमनलाई हराउन गणतनत्रबादी शक्ति गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै नेपाली कांगे्रसका केन्द्रिय सदस्य प्राध्यापक डाक्टर गाविन्दराज पोखरेलले गठबन्धनले स्थायी राजनीति र स्थायी सरकार दिने बताउनुभयो।

देशलाई राजनीतिक रुपमा निकास दिने गठबनधनको दीर्घकालिन उद्वेश्य रहेको उल्लेख गर्दै देशलाई स्थायी रुपमा अगाडी बढाउनका लागि गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउनु अहिलेको आवश्यक्ता रहेको उहांको तर्क थियो।

प्यूठानका मतदाताहरुलाई गठबनधनका उम्मेदवालाई जिताउनका लागि मत दिन आग्रह गर्दै गठबनधनलाई जिताउने गरी सबै दलका नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुगने आग्रह समेत गर्नुभयो।
पोख्रेलले ओलीले संसद विघटन गरेपछि देश राजनीतिक र आर्थिक रुपले संकटमा परेको बताउंदै राजनीतिमा सुधार ल्याउन राजनीतिक दलहरुलाई सचेत बन्न आग्रह गर्नुभयो।

पोख्रलले एमालेको लोकप्रीय चुनावी नाराले जनतामा भ्रम सिर्जना गरेको दावी गर्दै ओलीको लोकप्रीय नाराले देशको विकास पनि नभएको र राजनीतिक अस्थिरता पैदा भएको दावी गर्नुभयो।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण खड्काले भारत र राजावादी शक्तिसंग मिलेर एमालले नेपालमा हिन्दु स्रमाट ल्याउन खोजेको दावी गर्दै संविधान र गणतन्त्रको रक्षाका लागि गठबनधनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता यज्ञबहादुर केसीले प्रतिगामी शक्तिका बिरुद्व गणतन्त्रबादी शक्तिबीचको गठबन्धनले हारे देशले हार्ने र गणतन्त्र गुम्न सक्ने बताउनुभयो।

गणतन्त्र नचाहाने एमाले राजावादी शक्तिसंग मिलेकाले वलिदान दिएर ल्उाएको संसवधान र गणतन्त्रलाई जोगाउन गणतन्त्र पक्षधर गठबनधनलाई जिताउन जिल्ला फर्कन रुपन्देहीमा बसेका प्यूठानीहरुलाई आग्रह गरेका छन्
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य बासुदेव पोखरेलले देशको राष्ट्रिय आवश्यक्ता अनुसार पांच दलीय गठबन्धन बनेकाले अग्रगामी शक्तिलाई जिताउनुको विकल्प नभएको बताउनुभयो।

उनले गठबन्धनले हारे भावी पुस्ता फेरी गणतन्त्रका लागि लड्नु पर्ने अवस्था आउने भएकाले सचेत भएर प्यूठानलाई गठबनधमय बनाउनुको विकल्प नभएको बाताउनुभएको थियो।
नेपाली कांगे्रस लुम्बिनी प्रदेश समहामन्त्री तथा प्रदेश समानुपातिक उम्मेदवार निमा गिरीले प्यूठानका गठबन्धन दलमा एकअर्काबीच शंका गर्ने ठाउं नरहेको बताउंदै गठबन्धनका उममेदवारहरुलाई जिताउने गरी चुनावी अभियानमा सबै लाग्नु आग्रह गर्नुभयो।

कांगे्रस प्यूठानका पूर्व सभापति अमर भण्डारीले आआफ्ना पार्टीका एजेण्डा र फरक बिचार भएपनि गणतान्त्रिक वयवस्था जोगाउने लक्ष्य एउटै भएकाले गठबन्धका उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिनुभयो।

कांगे्रस नेता शिव रिजालले प्यूठानमा गठबनधन दलका उम्मेदवारहरुको जीत सुनिश्चित भएपनि मंसिर ४ गतेसम्म निरन्तर चुनावी अभियानमा लागेर प्रतिगामी शक्तिलाई पुरै परास्त गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा माओवादी नेतृ तथा समानुपातिक तर्फकी उम्मेदवार राधा जीसी, व्यवसायी भरत केसी, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेललगायतले बोल्दै देशलाई राजनीतिक रुपमा निकास दिन गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिनुभएको थियो।त्यसैगरी कार्यक्रममा कांग्रेस प्युठान प्रदेस दुइका नेता बालाराम पौडेल ,अभिभाक पदम जिसि,प्राध्यापक मुकुन्द पोख्रेल ,लिलाधर पौडेल ,कांग्रेस प्युठानकि प्रतिभा पौडेल ,पुर्ब सिक्षक तथा समाजसेबी बलदेब पोख्रेल प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष स्याम पोख्रेल ,जगत जिसि,झबिलाल श्रेष्ठ इस्वर केसि युबा ब्यबसायी वसन्त जिसि ,पदम पौडेल ,दिपक बस्नेत ,बिस्नु खनाल माधब केसि केपि पोख्रेल कांग्रेस नेता बाबुराम एमसी ,अखिल नेपाल जनस्वास्थ्य संघका केन्द्रिय उपाध्यक्ष बिनोद पोख्रेल प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य शंकर प्रसाद पोख्रेल लगायतको उपस्थिती रहेको थियो।
राष्ट्रिय जनमोर्चा प्यूठान–रुपन्देही सम्पर्क समितिका अध्यक्ष कृष्ण जीसीको अध्यक्षता, प्रदीप जीसीको सञ्चालन र रामप्रसाद न्यौपानेको स्वागतमा कार्यक्रम भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?