
प्युठान । वाम लोकतान्त्रिक गठवन्धन प्युठानको टोली चुनाव प्रचार प्रसार अभियान अन्तर्गत भेला, सभा, घरदैलो गर्दै शनिवार नौबहिनी गाउँपालिकाको स्याउलीवाङ पुगेको छ ।
शनिवार स्याउलीवाङमा संयुक्त वाम लोकतान्त्रिक गठवन्धनको भव्य रुपमा भेला सम्पन्न भएको निर्वाचन परिचालन समितिले जनाएको छ ।
भेलालाई उम्मेदवार तथा गठवन्धन निकट पार्टीका नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त जनताका हक अधिकार बचाउन र प्रतिगमनबाट देशलाई जोगाउनका लागि मतदाताले वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई भोट हाल्नु पर्ने उल्लेख गरेका थिए ।
प्युठानमा वाम लोकतान्त्रिक गठवन्धनले चुनाव प्रचार अभियान आक्रामक रुपले अगाडी बढाइरहेको छ ।
एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको प्युठानमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल, लुम्बिनी प्रदेश सभा सदस्यका लागि प्रदेश १ बाट माओवादीका कृष्ण अधिकारी ‘प्रकाश’ र प्रदेश २ बाट काँग्रेसका सरोज थापा (रोज राणा) को उम्मेदवारी रहेको छ ।