बिहिबार, भदौ २६, २०८२

जिल्लाको विकासमा साझा सहमती बनाएर अगाडी बढ्छौं : दुर्गा पौडेल

प्युठान कार्तिक २४,
झिमरुकपोस्ट संवाददाता
पाँच दलिए गठवन्धन दलबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी दुर्गा पौडेलले गठबन्धन दलका उम्मेदवारको जीत सुनिश्चीत रहेको बताएकि छन् । बुधवार माण्डवी गाउँपालिकाका विभिन्न बस्तीहरुमा आयोजीत चुनावी सभालाई सम्वोधन गर्दै पौडेले एमालेको प्रतिगामी कदमका विरुद्ध जनता सचेत रहेको औल्याउदै व्यवस्थाको रक्षाका लागि गठवन्धनको पक्षमा मतदान गर्न स्थानीयलाई आग्रह गरिन ।
जिल्लाको विकासमा समेत गठवन्धन दलले साझा धारणा बनाएर अगाडी बढ्ने उनको भनाई छ । “जिल्लाको विकासका लागि राजनैतिक तवरवाटै मार्गचित्र कोरेर अगाडी बढ्ने प्रतिवद्धता गरेका छौ”ं पौडेलले भनिन, “केन्द्र देखि स्थानीय तह सम्म गठवन्धनकै सरकार हुने हुँदा यो सम्भव छ ।”
जनताको लहर गठवन्धनमा देखिएकोले एमाले उम्मेदवार सूर्यथापाले आफू माथी दुश्प्रचार गर्दै हिडेको उनको आरोप छ । “सांसदको मुख्य भूमिका नीति निर्माण गर्ने हो । प्यूठानीको सिर उचो हुने गरि मैले विगत पाँच वर्षमा संसदमा त्यो भूमिका खेले ।” पौडेलले भनिन, “जिल्लाको विकास निर्माणमा पनि मेरो राजनैतिक पूर्वाग्रह भएन ।”
जिल्लामा आफ्नो भूमिका वाट धेरै विकास निर्माणका कार्यहरु भएको तर त्यसको प्रचार नभएको उनको भनाई थियो । एमाले उम्मेद्वार सूर्य थापालाई लक्षित गर्दै राजनैतिक संस्कार नभएर गाली गलौजमै केन्द्रीत रहेको उनले आरोप लगाईन । “बहस राजनैतिक एजेण्डामा हुन्छ तर उहाँमा त्यो संस्कार नै छैन । जनताले यो बुझेका छन्”,उनले भनिन ।
कार्यक्रममा प्रदेश सभा उम्मेदवार कृष्ण अधिकारी प्रकासले निर्वाचन पश्चात विकास निर्माणका कार्यलाई गठवन्धनका साझा मुद्धाको रुपमा लिएर अगाडी वढ्ने बताए । केन्द्र देखि स्थानीय सरकार सम्म गठवन्धनको सरकार बन्ने हुदा विकासले निकास पाउँने उनको भनाई थियो ।
यस्तै नेपाली काग्रेसका नेता तथा समानुपातिक उम्मेदवार नीमा गिरीले चित्र र चरित्रलाई बुझेर पनि एमालेलाई जनताले पाखा लगाउनु पर्ने आवश्यकता रहेको औल्याईन । चुनावी सभामा नेकपा एमाले परित्याग गरि एक दर्जन स्थानीय अगुवा गठवन्धमा प्रवेश गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?