
काठमाडौं । राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेश सभा सदस्यमा तारा थापा क्षेत्रीलाई छनौट गरेको छ ।
निर्वाचन आयोगले दिएको समयसिमाभित्र थापाको नाम समानुपातिक सांसदका लागि सिफारिस गरिएको राजमो महासचिव मनोज भट्टले जानकारी दिनुभएको छ ।
राजमो केन्द्रीय सदस्य थापा यसअघि गुल्मीको कालीगण्डकी गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्थ्यो ।
लुम्बिनीमा राष्ट्रिय जनमोर्चाले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएपछि एक जना उम्मेदवारलाई सांसदमा सिफारिस गर्न पाउने प्रावधान अन्तर्गत थापा छनौट हुनुभएको हो ।
राजनीतिक दलहरुको तर्फबाट सिफारिस भएका उम्मेदवारको बारेमा निर्वाचन आयोगले अन्तिम छानबिन गरी भोलि (मंसिर २६ गते) निर्वाचित घोषणा गर्ने छ ।