शुक्रबार, भदौ २७, २०८२

होटल व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा दिनेश चुके सचिवमा प्युठानका धनेस्वर भण्डारी निर्वाचित

संकर प्रसाद पोख्रेल

चितवनको भरतपुरमा बुधबार राति सकिएको १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट दिनेस चुके सर्वसम्मत अध्यक्षमा चयन भएका छन, त्यसैगरी सचिवम प्युठानका रिभर साइड स्विइट हाउस बाग्दुला प्युठानका संचालक धनेस्वर भन्डारी निर्बिरोध चयन हुनुभएको छ।

अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, प्रशासन (संगठन) उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती चयन भएका छन् ।

उपाध्यक्षमा भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की र देवी गौतम चयन भएका छन् । यस्तै, महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुल्सीराम भण्डारी र उपमहासचिवमा राजेश मलहोत्रा सर्वसम्मत चयन भएका छन् ।

सचिवमा राजु अधिकारी, कमल बहादुर बम,प्युठान का धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्रप्रसाद ढकाल चयन

कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदिपकुमार श्रेष्ठ सर्वसम्मत चयन भएकाछन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?