शुक्रबार, भदौ २७, २०८२

लुप्लुङमा राजमाेकाे प्रथम  वडा सम्मेलन सम्पन्न

प्यूठान चैत्र १८ गते ।
राजमाे प्यूठानको ऐतिहासिक छैटौं जिल्ला सम्मेलनकाे पूर्वसन्ध्यामा राजमाेले संगठनात्मक गतिविधिलाई तिव्र पार्दै लगिरहेकाे छ।चैत्र भित्र वडा भेला सम्मेलन गरी सक्ने कार्यतालिका अनुसार जिल्ला भरिका वडा भेला,सम्मेलन प्रारम्भ भएका छन्। यसै सिलसिलामा नाैवहिनी गाउँ पालिका वडा नं ८ लुप्लुङकाे प्रथम सम्मेलन केन्द्रीय सदस्य नारायण जिसीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
हेमन्त राज भण्डारीकाे अध्यक्षता पाेम नारायण भण्डारीकाे संचालन तथा ज्ञात अज्ञात शहित प्रति एक मिनेट माैनधारणबाट अघि बढेकाे कार्यक्रममा
स्वागत हुमलाल भण्डारीले गर्नु भएको थियोे भने
राजमाे नाैवहिनीका अध्यक्ष नारायण भण्डारीले  नवनिर्वाचित समितिकाे घाेषणा गर्नुभएकाे थियो । नवनिर्वाचित समितिमा
अध्यक्ष हेमन्त राज भण्डारी, उपाध्यक्ष खिमा भण्डारी सचिव शिवराज भण्डारी सह सचिव माया अधिकारी  भण्डारी काेषाध्यक्ष डेमलाल भण्डारी सदस्यहरू सावित्रा भण्डारी,सरस्वता भण्डारी विस्ना भण्डारी, हुमादेवी भण्डारी र माया विक सल्लाहकार पाेम नारायण भण्डारी,नारायण भण्डारी,हुमलाल भण्डारी र सीता भण्डारी रहनु भएको छ।
कार्यक्रममा किसान नेता डेमलाल भण्डारी महिला नेतृ हुमा देवी भण्डारी मूलप्रवाह अखिल भारत नेपाली एकता समाज हाेशियारपुरका निमाराम भण्डारीकाे पनि आतिथ्यता रहेकाे थियोे ।

वडा ७ काे भेला पनि चैत्र १८ मा राजमाे  पालिका अध्यक्ष नारायण भण्डारीकाे अध्यक्षता र नारायण जिसीकाे  विशेष उपस्थितिमा सम्पन्न भएको छ।भेलाले
कुम्भ सिह बुढाकाे अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको छ। समितिकाे उपाध्यक्षमा निमलाल पुन मगर सचिव रेशम बुढाथोकी सह सचिव पनीकला बुढा काेषाध्यक्ष इश्वरी बुढा सदस्यहरूमा नरिश्वर पुनमगर,बुकमान पुनमगर,बेली गुरूङ,जाले गुरूङ,मिना घर्ती मगर र नन्द बहादुर गुरूङ रहनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?