
प्युठान चैत्र २६
प्युठानको माण्डबी गाउँपालिकामा सि बि आर कार्यक्रम संचालन गरिने भएको छ।
आइतबार गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवाला निकाय बिच सि.बि.आर कार्यक्रमको जानकारी तथा कार्यक्रम संचालन गर्नुको उदेश्य, महत्त्वको बिषयमा छलफल गरिएको र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानले जनाएको छ।
एस वर्षमा सिबिआर निर्देशिका अनुसार जिल्ला तथा पालिकामा संचालन गरिने क्रियाकलापहरुको समेत जानकारी गराइएको थियो । साथै स्थानीय सिबिआर ब्यबस्थापन तथा अनुगमन समिति निर्माण गरिएको छ गाउँपालिका उपाध्यक्ष पुर्ण प्रशाद कालाथोकीको संयोजक रहने गरी सात सदस्य समिति समेत गठन गरिएको छ।
सिबिआर कार्यक्रमको इतिहास, एसको उदेश्य, आगामी संचालन गरिने क्रियाकलाप तथाअपाङ्गता भएका ब्यक्तिहरुको लागि समुदायमा अधारित पुनर्स्थापना (सिबिआर) कार्यक्रमको महत्त्व र स्थानीयतहको भुमिका बिषयमा र्राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह के सीले सहजीकरण गर्नु भएको थियो।
कार्यक्रममा उँपालिकाका अध्यक्ष नमराज अधिकारीले अपाङ्गता भएक ब्यक्तिको वास्तविक समस्या पहिचान गरि काम गर्नपर्ने जरुरी रहेको भन्दै सबैले हातेमालो गर्न पर्ने बताउनु भएको छ उहाँले गाउँपालिका अपाङ्गताको सवालमा संबेदनसिल रहेको बताउनु भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले सिबिआर कार्यक्रम अत्यन्तै उपयोगी हुने देखिएकोके यसलाई उपलब्धि मुलक बनाउन सबैको ध्यान जान पर्ने बताउनु भयो।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, लुम्बिनी प्रदेशको सहयोगमा सञ्चालित सिविआर(समुदायमा आधारिता पुर्नस्थनापना) कार्यक्रम अंतरगत आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष हुनाराम खड्का र सञ्चालन सिविआर कार्यक्रम समन्वयकर्ता एवं संघका सचिव राजेन्द्र राउत क्षेत्रीले गर्नुभएको थियो ।