बिहिबार, भदौ २६, २०८२

प्यूठानमा राजमोका पालिका सम्मेलनकाे तैयारी अन्तिम चरणमा

प्यूठान बैसाख २८ गते।
राजमाे प्यूठानको एैतिहासिक छैटौं जिल्ला सम्मेलनकाे पूर्वसन्ध्यामा बैसाख १० गते भित्र हुने पालिका सम्मेलनकाे तैयारी अन्तिम चरणमा पुगेको छ।राजमाेका स्थानीय नेता कार्यकर्ताहरू व्यस्तता बाट समय निकाल्दै गाउँ बस्तिमा पुगेकाछन्,भने वाली भित्र्याउने र नयाँ लगाउने अभियानमा व्यस्त देखिने किसानले पनि राष्ट्रियता, गणतन्त्र र जनजीविकाको पक्षमा कहिल्यै ढुलमुल नगरी चट्टानी अडान राख्दै आएकाे राजमाेकाे भेला,सम्मेलनलाई आसलाग्दाे रूपमा हेर्दै यथा  सम्भव कार्यक्रममा सहभागी भैरहेका छन्।यसै क्रममा प्यूठानको उत्तरीक्षेत्रमा रहेको नाैबहिनी गाउपालिकाकाे पनि पालिका सम्मेलनकाे तैयारी अन्तिम चरणमा पुगेको छ।यसै सिलसिलामा राेल्पाकाे पाङ,अरेश शीत सिमा जाेडिएकाे नाैबहिनी ५ डामृ काे भेला राजमाे केन्द्रीय सदस्य नारायण जिसीकाे उपस्थितिमा सम्पन्न भएको छ।भेला ले टाेप बहादुर राेकाकाे अध्यक्षतामा ९ सदस्यीय वडा समिति गठन गरेको छ।समितिकाे उपाध्यक्ष काैशला केसी सचिव ऋषिराम गिरी काेषाध्यक्ष मिन बहादुर गिरी र सदस्यहरू हिरा बहादुर केसी,धन प्रसाद बुढा,पूर्ण बहादुर केसी,जंगे राना र केशमान बिष्ट रहनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?