आइतवार, माघ ५, २०८२

ओखरकोटमा डोको बुन्ने प्रतियोगिता, परम्परागत घरेलु सामग्री प्रदर्शन तथा लोकनृत्य प्रतियोगिता सम्पन

 

प्रदिप  जि सि

प्यूठान, बैशाख १ गते । नयाँ बर्षको अबसरमा प्युठानको झिमरुक गाउँपालिका –५ ओखरकोटमा डोको बुन्ने प्रतियोगिता, परम्परागत घरेलु सामग्री प्रदर्शन तथा लोकनृत्य प्रतियोगिता सम्पन भएकोछ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने तथा सास्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लक्षका साथ परम्परागत घरेलु सामग्री प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

ओखरकोट चोयाचित्र उद्योगले आयोजना गरेको डोको बुन्ने प्रतियोगिता परम्परागत घरेलु सामग्री प्रदर्शन तथा लोकनृत्य प्रतियोगिता कार्यक्रममा डोको बुन्ने कार्यक्रम विशेष आकर्षक बनेको छ । जिल्ला समन्वय समिति प्युठानका अध्यक्ष धरमबहादुर जीसीले स्थानीय उद्योगले तयार पारेका सामग्रीहरु स्थानीय तहहरुले कार्यालय प्रयोजन तथा अन्य कामका लागि खरिद गरी सहयोग गर्न आग्रह गर्नुभयो । स्थानीय उत्पादन बाँसको सदुपयोग गर्ने उद्देश्यले यसअघि पनि चैत्र २४ गतेदेखि चोयाचित्रबाट विभिन्न सामग्री बनाउने तालिम सञ्चालन गरिएको थियो। एक हप्ताको छोटो तयारीमा पनि आकर्षक सामाग्रीहरु बनाउएर प्रदर्शन गरिएको  थियो।

चोयाचित्रा तालिम ४५ दिनसम्म सञ्चालन हुने समितिका अध्यक्ष प्रदिप जी सी ले जानकारी दिनुभयो । सहभागी तालिमका क्रममा डोको, मान्द्रो, डाला, सुपो, बास्केट, ढाकि, प्रिङगो, ढडिया, मुडा, स्टुल बेन्च टेबुल, चियादानी, ट्रे, ओरो, सिङ्के कुचो, बाकस तथा विभिन्न चरा तथा फूलका आकर्षक चित्रहरु बनाउन सफल भएका छन्।
तालिमका प्रमुख प्रशिक्षक धनकुटा निवासी तुलमान राईले तालिम दिइरहनुभएको छ । उहाँका अनुसार ओखरकोटमा रहेका बाँसले सिङ्गो नेपाललाई पुग्ने सामग्री उत्पादन गर्न सकिने उहाँको भनाइ छ । तालिममा स्थानीयहरुले निकै चासो दिएर सामग्री निमार्ण गरी आम्दानी गर्न थालेको राईले बताउनुभयो ।
डोको बुन्ने प्रतियोगितामा स्थानीय आठ जनाले सहभागीता जनाएका थिए । ५० वर्षीय रामबहादुर बिकले ५९ मिनेटमै ९५ डिग्रिको कोणमा १८ ईन्च गोलाईमा १८ ईन्च डायमिटरको डोको तयार पार्नुभयो । त्यस्तै सोही साईजमा ६५ मिनेटमा डोको तयार पारी स्थानीय अर्जुन बिक दोस्रो र गंगाबहादुर सुनारले आकर्षक डोको तयार गरी तेस्रो स्थान जित्न सफल हुनुभएको छ ।
प्रतियोगिले प्रथम पुरस्कार बापत तीन हजार नगद, दोस्रोका लागि दुई हजार नगद र तेस्रो हुनेका लागि एक हजार, सान्त्वनाले एक हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । डोको बुन्ने प्रतियोगितामा भागलिने सहभागी सबैलाई ओखरकोट चोयाचित्र उद्योगका अध्यक्ष प्रदिप जिसिले नगद पाँच सयका दरले पुरस्कार उपलब्ध गराउनुभयो ।

लोकनृत्यतर्फ चौध जनाले सहभागिता जनाएका छन् । त्यसमा प्रथम अस्मिता थापा जी सी, दोस्रो मनिसा पुन मगर, तेस्रो सबिना जी सी, सान्त्वना बिना र शिक्षाको जोडी भएका छन् बिजेता हुनेले क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । उक्त कार्यक्रममा वडा अध्यक्ष दधिराम पाेखरेल, झक बहादुर जि.सी, सुवास जी सी, झिम्रुक गाऊँपालिकाका योजना शाखा प्रमुख शुकदेव रिजाल, नि. वडा अध्यक्ष टिका बहादुर जी सी, वडा सचिव भगवता शर्मा, बिध्यार्थी नेता मिलन एम सी, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बिमल प्रसाद पोख्रेल, जनप्रतिनिधिहरु मधु खड्का, सरिता बि क, बोधिराम पोखरेल लगायतको उपस्थिति रहेको थियो! कार्यक्रममा हजारौंको उपस्थितिले आयोजक धेरै उत्साहित भएका छन्! प्रतियोगिताका विजेता, सहयोगी संस्था एवं ब्यक्तित्व ज्यूहरू, सहभागी एवं उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु! कार्यक्रम ब्यबस्थापनको लागि विशेष भूमिका निर्वाह गर्ने भाइ राम बहादुर जी सी, उपाध्यक्ष दाजु कर्ण बहादुर बि क, सचिव देवेन्द्र जी सी, कोषाध्यक्ष शारदा जी सी, बिकाश जी सी, मुख्य प्रशिक्षक तुलमान राई लगायतको उपस्थिति थियो।

कार्यक्रमको लागि झिम्रुक गाऊँपालिकाको विशेष आर्थिक सहयोग संगै ईन्जिनियर दिनेश पोखरेल, कृष्ण जी सी काठमाडौं , गौमुखी सेकेण्डरी इङ्गलिस स्कुल मच्छी, वडा सचिव भगवता शर्मा, वडा नं ८ का अध्यक्ष तुलस बस्नेत, पत्रकार लोकेन्द्र सुनारको सहयोग रहेको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?