
झिमरुकपोस्ट संवाददाता ,प्युठान झिमरुक
राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिकाको प्रथम सम्मेलन आज मच्छी वजारमा सम्पन्न भएको छ । सम्मेलनले टीका जिसिको अध्यक्षतामा २१ पुर्ण, ५ वैकल्पिक र ८ सदस्यीय सल्लाहकार समिति समेत निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा किरण सिंह जिसि, सचिवमा खिमवहादुर विक, सहसचिवमा वावुराम विक र कोषाध्यक्षमा कविता जिसि निर्वचित हुनुभएको छ । समितिको सदस्यहरुमा इन्द्रवहादुर केसि, कल्पना जिसि, नोझ वहादुर घर्ती, वेगम जिसि, रामबहादुर विक, हेमराज भट्टराई, दिलिप विक, बोमबहादुर विष्ट, लोकवहादुर महतारा, संगिता परियार
र वैकल्पिक सदस्यमा चोपवहादुर विक, आरती परियार, गिरवहादुर वस्नेत, रमा गिरी र सारदा जिसि चयन हुनुभएको छ । त्यसैगरी सल्लाहकार समितिमा सिद्दिमान जिसि, ठाकुर गिरी, रणवहादुर खड्का, सकुन्तला जिसि, केसरजंग एमसी, भरत ढकाल, केवि सुनार र विजयविक्रम जिसि रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष वोमवहादुर खत्री रहनुभएको थियो । अन्य अतिथिहरुमा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य नारायण जिसि, नेकपा (मसाल)लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसि, राजमो लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोख्रेल, पुर्व सांसद तारा जिसि, अखिल (छैठौं)का महासचिव सुवाश जिसि लगाएतका अतिथिहरुको आतिथ्यता रहेको थियो ।
उद्घाटन सत्रको अध्यक्षता सिद्दिमान जिसि र संचालन वावुराम विकले गर्नुभएको थियो भने संचालन सकुन्तला जिसिले गर्नुभएको थियो । प्रतिनिधिद्वारा निर्वाचित अध्यक्ष मण्डलवाटमा तारा जिसि, ऐन्द्र विक र सुवास जिसि रहनु भएको थियो ।
निर्वाचित समितिको तर्फवाट अध्यक्ष टीका जिसिले प्रतिवद्दता मन्त्व्य र विरवहादुर जिसि र प्रमुख अतिथी वोमवहादुर खत्रीले वधाई ज्ञापन गर्नुभएको थियो ।
भोलि सनिवार राष्ट्रिय जनमोर्चा गौमुखी र प्युठान नगरपालिकाको सम्मेलन हुँने राजमोले जनाएको छ।