शुक्रबार, भदौ २७, २०८२

राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिकाको प्रथम सम्मेलन ठुलाबेसीमा सम्पन्न

जुमान सिंह के. सी.
बैशाख ९ प्युठान
राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिकाको प्रथम पालिका सम्मेलन शनिबार ठुलाबेसी प्युठानमा सम्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिका संगठनको आयोजनामा आयोजित कार्यक्रममा ठुलाबेसी बजारमा सयौंको उपस्थितिमा र्याली समेत गरेको छ।

सम्मेलनमा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि राजमोका लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले देश झनपछि झन अप्ठ्यारोमा परेको बताउनु भयो “उहाँले नेपालका ठुला पार्टीहरु बिदेशीको दलाल बन्दा नेपालमा थप समस्या पैदा भएको बताउनु भएको छ। देशमा भ्रष्टाचार ब्यप्त छ तर सरकार मौन छ,

नेपालका युबाहरु बिदेश पलायन भएका छ्न देशमा रोजगार सृजना गर्ने कुनै तयारी छैन” नेपालका पार्टीहरु जनताका समस्या समाधान भन्दा पनि आफ्ना निजि स्वर्थमा लागिरहेको आरोप लगाउनु भएको छ।

राजमोका केन्द्रिय सदस्य नारायण जिसीले पार्टीको सहि निति, बिचार, सिदान्त भएको कारण अन्य पार्टीहरु आफ्नो पार्टी विरुद्ध लाग्ने गरेको बताउनु भएको छ।उहाँले अन्य पार्टीहरुले जनतामा झुट र भरम छरेर चुनाव जित्ने र खर्च गरेको पैसा उठाउन लागी परेको आरोप लगाउनु भएको छ।

अखिल नेपाल महिला संघका केन्द्रिय सचीव तारा जिसीले कानुनमा महिलाहरुलाई केही अधिकारहरु सुनिस्चित गरिएको भएपनि व्यबहारमा धे!समस्या भएको भन्दै सबै सचेत महिलाहरुलाई बुलन्द आवज उठाउन अपिल गर्नु भएको छ साथै उहाले देशलाई जोगाउन सबै लाग्नु पर्ने बताउनु भएको छ।

नेकपा मसालका जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले स्थानीय तहहरुमा चरम भ्रष्टाचार मौलाएको भन्दै जनतालाई खबरदारी गर्न आग्रह गर्नु भएको छ “उहाँले राजमो आम शोषित उत्पीडित जनताको दुखसुखमा सधै साथमा रहेको उल्लेख गर्नु भएको छ।अहिलेको बुर्जुवा गणतन्त्रबाट अझ अगाडि जानपर्ने आवस्यकता रहेको भन्दै थप आन्दोलन गर्नु पर्ने उल्लेख गर्नु भएको छ।

गौमुखी गाउँपालिकाको ठुकाबेसीमा सम्पन्न भएको प्रथम सम्मेलनको बन्दशत्रले जनक केसीको अध्यक्षतामा १९ सदस्य रहेको गाउँपालिका संगठन समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष वीर बहादुर के सी, सचीव कृष्ण प्रशाद जैसी, कोषध्यक्ष कल्पना कुवर रहनु भएको छ।

गौमुखी गाउँपालिकाका सबै वार्डबाट पार्टीका नेता कार्याकर्ता, सुभचिन्तक हरुको सहभागीता रहेको थियो भने पार्टीका विभिन्न जनवर्गीय संघसंगठनका प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो।

सचीव कृष्ण प्रशाद जैशीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन बरुनध्वज मल्लले र कार्यक्रमको अध्यक्षता गाउँपालिका पार्टी अध्यक्ष जनक केसीले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?