बिहिबार, भदौ २६, २०८२

राष्ट्रिय जनमोर्चा प्युठान नाैबहिनीकाे प्रथम सम्मेलन सम्पन्न

प्यूठान बैसाख १० गते।
राजमाे नाैबहिनी गाउँ पालिकाकाे प्रथम सम्मेलन पालिका केन्द्र बाहाने बजारमा सम्पन्न भएको छ।सम्मेलनले हर्क बहादुर पुनकाे अध्यक्षतामा १३ पूर्ण ४ बैकल्पिक र ५ सल्लाहकार गरि २२ सदस्यीय पालीका समिति निर्वाचत गरेको छ।समितिको उपाध्यक्ष मा मीन बहादुर गिरी सचिव हेमन्त राज भण्डारी काेषाध्यक्ष बसन्ता केसी सदस्यहरूमा कुम्भसिह बुढा,राेम ब घम,कमला जिसी,अर्जुन केसी,जित बहादुर पुन,भक्त ब पुन,सुमित्रा गिरी,जेम ब थापा,जिवा कुमारी श्रीस,पूर्ण बहादुर केसी,दीपक पुन,शिवराज भण्डारी,हुमा देवी भण्डारी र सल्लाहकारमा नारायण भण्डारी,पाेमनारायण भण्डारी,कुल ब केसी,हिरा ब खत्री र समरथ पुन रहनुभएकाे छ। समितिका अध्यक्ष नारायण भण्डारीको अध्यक्षता सचिव समरथ पुनकाे संचालनमा अगाडि बढेको प्रथम सम्मेलनको उद्घाटन राजमाे के स नारायण जिसीले गर्नुभएको थियोे ।कार्यक्रममा राजमाे प्यूठानका सल्लाहकार राम पहाडी,किसान महासंघका जिल्ला सदस्य शाेभ बहादुर केसी,जनजाति जिल्ला उपाध्यक्ष धन प्रसाद बुढा र वयोवृद्ध  किसान नेता दिल बहादुर केसीको पनि आतिथ्यता रहेकाे थियोे ।ज्ञात अज्ञात शहिदहरू प्रति एक मिनेट माैनधारण पछि उपस्थित सबै प्रतिनिधिहरूलाइ हेमन्त भण्डारीले स्वागत गर्नु भएको थियोे ।नवनिर्वाचित समितिको तर्फबाट अध्यक्ष हर्क बहादुर पुनले प्रतिवद्दता प्रकट गरेपछि अध्यक्ष नारायण भण्डारीले कार्यक्रमकाे समापनकाे घाेषणा गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?