विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाद्वारा ०९ गते वैशाख/शनिवार नियमित सिर्जना वाचन, स्रष्टा किशन पौडेलको लघुकथा सङ्ग्रह ‘खुसी’माथि समिक्षा र रुपन्देही नयाँ शाखा घोषणा भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो ।
ऋषिराम सापकोटाको सुन्दर स्वागत मन्तव्य सँगै अघि बढेको साहित्यिक कार्यक्रम, विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको सभापतित्व, गजल विधामा नेपालमा पहिलो विद्यावारिधि(PHD) गर्ने डा घनश्याम परिश्रमीज्यूको प्रमुख आतिथ्य, विशिष्टज्यूहरू शारिक रब्बानी (अध्यक्ष- भारतीय संस्कृतिक सहयोग एवं मैत्री सङ्घ उत्तर प्रदेश), महानन्द ढकाल (सदस्य प्राज्ञ सभा), हरी तिमिल्सिना (केन्द्रीय अध्यक्ष-भेरी साहित्य समाज), गोविन्द प्रसाद गौतम (विनेसाम केन्द्रीय उपाध्यक्ष) तथा अतिथि किशन पौडेल, भीम विरही राई, रीतादेवी प्रधान, कृष्णप्रसाद गौतम हुनुहुन्थ्यो ।
नेपाली साहित्यको उन्नयन हेतु विश्व नेपाली सहित्य महासङ्घले विभिन्न भौतिक र भर्चुअल साहित्यिक गतिविधिहरू गर्दै आएको छ । विनेसाम नेपालको नियमित सिर्जना कार्यक्रमलाई निरन्तरता दिंदै हेटौडाका सर्जक किशन पौडेलको यो दोस्रो कृति हो लघुकथा सङ्ग्रह ”खुसी”को अत्यन्तै मिहीन तवरले गीता अर्यालले गर्नु भयो । नेपाली साहित्यमा यो लघुकथाले अर्को इँटा थप्ने कार्य गरको छ भन्दै सङ्ग्रह निकै गहकिलो सन्देशात्मक रहेको समिक्षक अर्यालले बताउनु भयो ।
सिर्जनात्मक सुन्दर कार्यक्रममा कृति समिक्षा पछाडी विनेसाम जिल्ला शाखा रुपन्देही घोषणा कार्यक्रमका सभापति तथा शाखा नेपालकी अध्यक्ष कलपना पौडेल जिज्ञासुले गर्नु भयो । विनेसाम जिल्ला शाखाका अध्यक्ष नन्दी केशर ढकाल लगायत सम्पूर्ण टीमलाई कार्य सफलताको शुभकामना दिनुभयो । लगतै कल्पना पौडेल जिज्ञासुको आउन लागेको कथा सङ्ग्रह ”कचहरी”को आवरण प्रमुख अतिथि डा घनश्याम परिश्रमीद्वारा सार्वजनिक र नाम वाचन भयो । यो उहाँको छैठौँ कृति हो भन्दै प्रमुख अतिथिज्यूले भव्य सफलताको शुभकामना व्यक्तगर्नु भयो ।
यसरी कार्यक्रममा सर्जक किशन पौडेलको लघुकथा सङ्ग्रह ”खुसी”को समिक्षा, नयाँ शाखा रुपन्देही घोषणा र कलपना पौडेल जिज्ञासुको कथा सङ्ग्रह ”कचहरी”को आवरण सार्वजनिक पश्चात् थुप्रै स्रष्टाहरूले रचनाहरू (गद्य कविता, छन्द कविता, गजल, मुक्तक, कोपिला , लघुकथा आदि) वाचन गर्नु भयको थियो।
विनेसाम नेपाल शाखाद्वारा आयोजित भर्चुअल साहित्यिक कार्यक्रम भव्य भएको र सुन्दर सिर्जनाहरू वाचित भएको भन्दै प्रमुख अतिथि डा घनश्याम परिश्रमी संस्थाले गर्दै आएको साहित्यिक सक्रियताको मनदेखि प्रसंशा गर्नु भयो । प्राध्यापन पेसाबाट अवकाशप्राप्त डा घनश्याम परिश्रमी यतिबेला बर्दघाट प्रज्ञा प्रतिष्ठानमा कुलपति हुनुहुन्छ उहाँले अब नवलपरासीमा पनि अर्को विनेसाम शाखा परिवार बिस्तार गर्ने कुरा आफ्नो महत्वपूर्ण भनाइ राख्ने क्रममा व्यक्त गर्नु भयको थियो।
विनेसाम रुपन्देही शाखा कार्यसमितिका पदाधारिकारीहरू..
१) अध्यक्ष – नन्दीकेशर ढकाल
2)उपाध्यक्ष – प्रतिमा पन्थी
३) सचिव – यज्ञ सापकोटा
४)कोषाध्यक्ष – शंकर प्रशाद पोखरेल
सदस्यहरु
५) कमला भण्डारी ढकाल
६) पार्वती तिमील्सिना “आसुँ ”
७) दुर्गा शर्मा आचार्य
८) समिर विश्वकर्मा
एकजनाको रिक्त पद पूर्ति गर्नेगरि विनेसाम रुपन्देही शाखा घोषणा भएको छ।
कार्यक्रममा
१) सभापति : कल्पना पौडेल जिज्ञासु (अध्यक्ष – विनेसम नेपाल शाखा)
२) प्रमुख अतिथि : डा घनश्याम परिश्रमी (कुलपति – बर्दघाट प्रज्ञा प्रतिष्ठानमा)
_र विशिष्ट अतिथिअरुको उपस्थिति थियो।
३) शारिक रब्बानी : भारत (अध्यक्ष- भारतीय संस्कृतिक सहयोग एवं मैत्री सङ्घ उत्तर प्रदेश)
४) महानन्द ढकाल : कुसुम (सदस्य प्राज्ञ सभा)
५) हरी तिमिल्सिना : कुसुम (केन्द्रीय अध्यक्ष-भेरी साहित्य समाज)
६) गोविन्द प्रसाद गौतम : मस्को/रसिया (विनेसाम केन्द्रीय उपाध्यक्ष)
_
७) गीता अर्याल : बाँके आजका समिक्षक(अध्यक्ष- विनेसाम शाखा बाँके जिल्ला)
८) किशन पौडेल : हेटौडा (सर्जक)।
९) भीम विरही राई (धरान)
१०) रीतादेवी प्रधान (अमेरिका)
११) कृष्णप्रसाद गौतम (इटहरी)
१२) प्रतिमा (रुपन्देही)
१३) ऋषिराम सापकोटा : नेपालगन्ज (सल्लाहकार-विनेसाम नेपाल शाखा)
१४) देवी पन्थी (रुपन्देही)
१५) यज्ञ सापकोटा (सचिव-विनेसाम रुपन्देही शाखा)
१६) सीता बिस्ट कार्की (काठमाण्डौ)
१८) गङ्गा आचार्य सापकोटा(काठमाण्डौ)
१९) देविका मंग्राती राई (सिलिगुडी)
२०) प्रियंका बैश
२१) ध्रुब प्रसाद गजुरेल
२२) विजय पाण्डे
२३) प्रतिमा पन्थी (उपाध्यक्ष-विनेसाम रुपन्देही शाखा)
२४) मोहनराज खनाल (म्यान्मा)
२५) लेक प्याकुरेल (अध्यक्ष-विनेसम लुम्बिनी शाखा)
२६) सुनिता राई कन्दङ्वा (इजरायल)लगायतको उपस्तिथि रहेको थियो।
विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाद्वारा आयोजित नियमित सिर्जना वाचन, कृति समिक्षा, नयाँ शाखा रुपन्देही घोषणा र विनेसाम नेपाल शाखाकी अध्यक्ष कलपना पौडेल जिज्ञासुको प्रकाशोन्मुख छैठौँ कृति कथा सङ्ग्रह ”कचहरी”को आवरण सार्वजनिक गरियो । कार्यक्रममा स्रष्टाहरूले विभिन्न विधाका सिर्जनाहरू वाचन गर्नु भयो । आजको कार्यक्रम पहिलो भाग लेक प्याकुरेलले संचालन गरेका थिए भने दोस्रो भाग सुनिता राई कन्दङ्वाले गरे ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि डा घनश्याम परिश्रमीज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू साथै उपस्थिति सबैमा कार्यक्रमका सभापति तथा विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले हार्दिक हार्दिक आभार व्यक्त गर्नुभयो नयाँ शाखालाई बधाई तथा शुभकामना दिंदै कार्यक्रम समापन गर्नुभयको थियो।