शुक्रबार, भदौ २७, २०८२ | Friday 12th September 2025
ऐतिहासिक तीन अभियानलाई आन्दोलनको रूपमा सफल पारौँ : मोहन बिक्रम सिंह
झिमरुक पोस्ट
सोमवार, बैशाख १८, २०८०
शंकरप्रसाद पोख्रेल, बुटवल ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले ऐतिहासिक तीन अभियानलाई आन्दोलनको रूपमा सफल पार्न आह्वान गर्नुभएको छ ।
नेकपा (मसाल) जिल्ला समिति रुपन्देहीको आयोजनामा २०८० वैशाख १८ गते सोमबार ऐतिहासिक तीन अभियानको उद्घाटन तथा एक सय चौतिसौँ मजदुर दिवसको अवसरमा प्रशिक्षण दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
कार्यक्रमा राजनीतिक तथा सैद्धान्तिक प्रशिक्षण दिदै महामन्त्री सिंहले ऐतिहासिक तीन कार्यक्रमलाई राजनीतिक आन्दोलनको रूपमा सफल पार्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो ।
उहाँले देशमा अझै पनि प्रतिगामी खतरा कायम रहेको र अर्कातिर साम्राज्यवादी खतरा झन् खतरानक रूपमा आएकाले दुबै शक्तिहरु विरुद्ध लड्न आवश्यक रहेको औल्याउनुभयो।
प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उद्घाटन मन्तव्य राख्दै पौडेलले संसारमा पुँजीवादले मजदुरमाथि थिचोमिचो गरिरहेको बताउनुभयो ।
पुँजीवादले ज्यालामा पनि महिलामथि विभेद गरेको भन्दै सबै नारीहरू एकजुट भएर पुँजीवादका विरुद्ध लड्नुपर्ने बेला भएको बताउनुभयो।
उपाध्यक्ष पौडेलले पाटिले तीन अभियान घोषणा गरेकोले सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सहिद मित्रमणि आचार्यको फोटोमा माल्यार्पण गर्दै श्रद्धाञ्जलीसमेत दिनुभएको थियो ।
त्यस्तै, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले ऐतिहासिक तीन अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभयो ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसालले मेदिवसको इतिहास र वर्तमानबारे स्पष्ट पार्नुभएको थियो।
अखिल (छैठौं) का केन्द्रीय सदस्य सागर बेलबासेले पार्टीले अहिले सङ्घीयता खारेजीको अभियानलाई तीव्र पार्नुपर्ने धारणा राख्नुभएको थियो।
नेकपा (मसाल) रुपन्देही का प्रवक्ता लालचन्द पन्थको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले गर्नुभएको थियो भने स्वागत राजमो लुम्बिनी प्रदेश कार्यलय सचिव भीीमलाल न्यौपानेले गर्नुभएको थियो।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसी, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल महिला सङ्घकी भानु केसी, अखिल नेपाल जनजाति सम्मेलनका नारायण पुन, जातीय समता समाजका कृष्ण बराइली, रक्तिम सांस्कृतिक अभियानका सीता बस्याल, कमला बन्जाडे, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका ढुण्डिराज शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका खुमकान्त शर्मालगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा रक्तिम कलाकारहरूले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा मसाल महामन्त्री सिंह लगायत सबै अथिती उपस्थित विद्यार्थी हरुले सहित मित्रमणि आचार्यको फोटोमा अबिर लगाएर श्रद्धाञ्जली अर्पण गरेकाथिए ।