
पितम खड्का प्युठान
अखिल नेपाल शिक्षक संघ ,प्युठान को सातौ जिल्ला परिषद तथा नवनियुक्त स्थायी शिक्षकलाई स्वागत कार्यक्रम सम्पन्न
जिल्ला समिति अध्यक्ष अर्जुनबहादुर
के सी को अध्यक्षता , उपाध्यक्ष डम्बर सिङ जि सी को स्वागत मन्तव्य , सचिब ध्रुव गिरीको सन्चालन रहेको कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय महासचिव चक्रपाणी पौडेल हुनुहुन्थ्यो । अखिल छैठौं का अध्यक्ष केशब बुढाथोकी , युवकसँघका अध्यक्ष कमल पौडेल , शिक्षा विकास तथा समन्वय इकाई प्युठानका प्रमुख शिबराज पण्डित , महासङ अध्यक्ष शेरबहादुर थापा, राजमो केन्द्रिय सदस्य कृष्ण खड्का , केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सचिव ध्रुव गिरीको साङठनिक प्रतिवेदन , कोषध्यक्ष महेन्द्र के सी को आर्थिक पर्तिवेदन र अध्यक्ष अर्जुनबहादुर के सी को आगामी योजना हलले एकमतले पारित गरेको थियो । सम्पन्न परिषदमा कम्युनिस्ट नेता मोहनबिक्रम सिङको समसामयिक विषयमा प्रशिक्षण समेत भएको थियो ।
शिक्षक सेवा आयोग बाट २०७९ मा प्युठान जिल्लामा स्थायी नियुक्त भएका मा बि , नि .मा.बि र प्रा.बि तिनै तहका शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो।