
२०८० साल बैशाख २३ गते नेकपा (एकीकृत समाजवादी) प्युठान-काठमाडौ सम्पर्क मंचको १२ औ सम्मेलन मंचका अध्यक्ष तथा केन्द्रीय परिषद सदस्य लुना रिजालको अध्यक्षता, पार्टी उपमहासचिव एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको सन्चालन झबिलाल राहु र स्वागत मन्त्वय नवीन कक्षपतिले गर्नु भएको थियो । पार्टी केन्द्रीय सदस्यहरु बिरवलकाजी राई र कल्पना मान्डव्य खनाल, लुम्बिनी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष बिध्याराज पाण्डे र प्युठान जिल्ला अध्यक्ष भोजबिक्रम बुढामगरले शुभकामना मन्तव्य दिनु भएको थियो । सम्मेलनले नवीन कक्षपतिको अध्यक्षतामा ३१ सदस्यीय मंच गठन गरेको छ जस्को उपाध्यक्षहरुमा कबिराम गमाल र ओम पुन, सचिव चन्द्र बुढा, उपसचिवहरु चन्द्र सिर्पाली र तेन्जिङ बुढा, कोषाध्यक्ष बिष्णु सेतिमगर र सदस्यहरू विशाल सुनार, दिपक पुन, रिता शर्मा, भविता पुन, बलबहादुर पुन, बिजय कसेरा, बिष्णु सुनार, सचिन सुनार, कृष्ण श्रेष्ठ, बिष्णा बिष्ट, चन्द्र घर्ती , गोबिन्द ढकाल, भुवन राहु, लिला रिसाल, आकश श्रेष्ठ, बिजय केसी, बिजय श्रेष्ठ र प्रविन कक्षपति रहनु भएको छ । सल्लाहकार प्रमुखमा वसन्त थापा रहनु रहनु भएको छ ।