
दीपेन्द्र सुनार प्युठान बैशाख २६ साउदी अरेबियाको रियादमा सडक दुर्घटनामा परी प्युठानका एक युवकको ज्यान गएको छ।
जिल्लाको झिमरुक गाउँपालिका वार्ड न १ सौतामारे ठाटीमुनिका २५ वर्षीय नारायण जिएमको ज्यान गएको हो।रोजगारको शिलशिलामा एक वर्ष पहिला साउदी अरेबियाको रियाद पुगेका उनलाई
सनिवार बेलुका तरकारी लिन जादा रोड क्रस गर्ने क्रममा गाडीले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो।
जिएमको शव उनी गएको मेनपावर र साउदी दूतावास लाई सम्पर्क गरी छिट्टै नेपाल ल्याउने तयारी भइरहेको झिमरुक गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष धुर्ब्रराज खनालले बताएका छन।