शुक्रबार, भदौ २७, २०८२ | Friday 12th September 2025
राष्ट्रिय जनमोर्चा पाल्पाको अध्यक्षमा युवा नेता विशाल दर्लामी चयन
झिमरुक पोस्ट
शनिबार, बैशाख ३०, २०८०
पाल्पा । राष्ट्रिय जनमोर्चा पाल्पाको अध्यक्षमा पुनः विशाल दर्लामी चयन हुनुभएको छ । शनिबार सम्पन्न पाचौँ जिल्ला सम्मेलनले दर्लामीको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
जिल्ला समितिको उपाध्यक्षमा मानबहादुर बयम्बु चयन हुनुभएको छ । यस्तै, सचिवमा वीरेन्द्र मिदुन, सहसचिव नरमती सिञ्जाली र कोषाध्यक्षमा टिकाराम पौडेल चयन हुनुभएको राजमो पाल्पाले जनाएको छ ।
सदस्यहरूमा पदम पौडेल, उमा सिञ्जाली, रामप्रसाद गैरे, कमल थापा, पहलसिंह सिंजाली, जगबहादुर क्षेत्री, पूर्णबहादुर फाल र तिलक गाहा चयन हुनुभएको छ ।
यस्तै, सम्मेलनबाट वैकल्पिक सदस्यहरूमा विष्णुप्रसाद ज्ञवाली, माया विक, खुम आले र निरु सारु रहनुभएको छ ।
शुक्रबार राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । शनिबार भएको बन्दसत्रबाट नयाँ समिति चयन गर्दै सम्मेलन सम्पन्न भएको हो ।
बन्दसत्रमा चौथो सम्मेलनदेखि पाचौँ सम्मेलनसम्मको करिब ५ वर्षको अबधिभर गरेका कामहरुको समीक्षा गर्नुका साथै त्यो क्रममा राजनीतिक तथा सांगठनिक प्रदिवेदन उपर व्यापक छलफल गरी सुझावसहित पारित गरिएको थियो।